पथरी शनिश्चरे नगरमा पहिलो चरणको थप राहत वितरण सम्पन्न - Pahilo Online

पथरी शनिश्चरे नगरमा पहिलो चरणको थप राहत वितरण सम्पन्न

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा कोरोना भाइरसको संक्रमण रोक्न घरमै वस्न गरिएको बन्दाबन्दी (लकडाउन) का कारण ज्यादै समस्यामा परेका दैनिक ज्याला मजदुरका लागि भौकै वस्नु पर्ने अवस्था सिर्जना नगर्न नगरपालिका कार्यालयले थप राहत वडा कार्यालयमा पुर्याउने काम सम्पन्न गरेको छ ।

कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समिति मातहतको राहत व्यवस्थापन तथा वितरण समितिको अगुवाईमा हिजोदेखि सुरु भएको वडा वडामा राहत पुर्याउने काम आज सम्पन्न भएको नगर उपप्रमुख एवम् राहत वितरण तथा व्यवस्थापन समिति संयोजक यमुना विष्ट वास्तोलाले जानकारी दिइन् । पहिलो चरणको अन्तिम पटक १० वटा वडामा खानको समस्या परेकाहरुका लागि थप ३,३ हजार केजी चामल सहितका राहत सामग्री वडा कार्यालयमा पुर्याइएको हो ।

यस अघि नगरमा पहिलो पटक ४ हजार ३ सय ४ लाई राहत वितरण गरिएको थियो । त्यसपछि छुटपुटका लागि थप ५ सय परिवार गरी ४ हजार ८ सय ४ जनालाई राहत दिइसकिएको छ । अवको राहत वडाले अतिआवश्यक पर्नेहरुका लागि आफैं अनुगमन् गरेर वितरण गर्नेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes