नेपालमा कोरोनाभाइरस ‘संक्रमितको संख्या ५७ पुग्यो - Pahilo Online

नेपालमा कोरोनाभाइरस ‘संक्रमितको संख्या ५७ पुग्यो

writer

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बुधबार थप तीनजनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ । नियमित पत्रकार सम्मेलनमा बुधबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाराका दुईजना र पर्साका एकजनामा कोरोनाभाइरस संक्रमण भएको र उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

उनीहरु तबलिगी जमात नामक मुस्लिम समूहको दिल्लीमा भएको सभामा सहभागी भएको पनि मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमित ५७ जना पुगेका छन् भने १६ जना निको भइसकेका छन् । बिरामीहरु सबैको अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ । डा. देवकोटाले विदेशबाट आएकाहरुमा अझैपनि संक्रमणको जोखिम रहेको भन्दै अरुलाई रोग सर्न नदिनका लागि घरमै बस्न र स्वास्थ्य जाँच गराउन आग्रह गरे ।

बुधबारसम्म ‘पीसीआर’बाट ११ हजार ५२४ ओटा तथा ‘आरडीटी’बाट ४५ हजार ६६५ गरी ५७ हजार १८९ ओटा परीक्षण परीक्षण भएका छन् । पछिल्लो २४ घन्टाको अवधिमा दुई हजार ३६७ ओटा नमुना परीक्षण भएका छन् । मन्त्रालयले हाल २२ हजार ९०१ जना ‘क्वारेन्टाइन’मा रहेको र उपत्यकामा चारसहित ८७ जना ‘आइसोलेसन’मा रहेको जनाएको छ । यस्तै, मन्त्रालयले आयुर्वे्दिक चिकित्सासम्बन्धी निर्दे्शिका पनि जारी गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes