गणेश सुबेदीको नेतृत्वमा लायन्स क्लब अफ कानेपोखरी - Pahilo Online

गणेश सुबेदीको नेतृत्वमा लायन्स क्लब अफ कानेपोखरी

writer

पहिलो अनलाइन

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा स्थापित लायन्स क्लब अफ कानेपोखरीको प्रेसिडेन्टमा गणेश सुबेदी चयन भएका छन् ।
२०२० जुलाई १ बाट कानेपोखरीमा क्बलमार्फत काम गर्ने गरी दोस्रो कार्यकालको लागी नयाँ समिति चयन भएको हो । सचिवलायको मंगलबार प्रसिडन्ट कुमार फुयलको अध्यक्षमा बसेको बैठकले गणेश सुबेदी प्रसिडेन्टमा २२ सदस्य चयन गरको छ । त्यसैगरी क्लबको फस्ट भिपी डिल्ली प्रसाद फुयल, सेकेण्ड भिपी याम प्रसाद पौडेल९उमेश०, थर्ड भिपी भोजकुमार श्रेष्ठ, सेक्रेटेरीमा कृष्णकुमारी दवाडी र ट्रेजरमा मनोज अधिकारी रहेको छ ।

क्लबको बोर्ड डाइरेक्टर भोला अधिकारीको उपस्थीतमा बैठक भएको थियो । एक बर्ष अघि लायन्स कुमार फुयलको अध्यक्षतामा लायन्स क्बल अफ कानेपोखरी गठन हुर्दै स्थापना भएको थियो । सो क्लबले बाढीपीडितलाई राहत, रक्तदान कार्यक्रम, लकडाउनमा स्वयम सेवक जस्ता कार्यक्रमहरु गर्दै आएको पूर्व प्रेसिडेन्ट कुमार फुयल बताउँछन् । यस क्लब मार्फत समाजमा अझ स्थापित भएर गतिविधिलाई तिव्र बनाउने नव गठित प्रसिडेन्ड गणेश सुबेदीले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes