राष्ट्रिय युवा जागरण मन्चको अध्यक्षमा प्रकाश धिमाल - Pahilo Online

राष्ट्रिय युवा जागरण मन्चको अध्यक्षमा प्रकाश धिमाल

writer

पहिलो अनलाइन

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा विभिन्न सामाजिक काम गर्दै आएको राष्ट्रिय युवा जागरण मण्चको दोस्रो साधारण सभाबाट प्रकाश धिमाल अध्यक्षमा चयन भएका छन् ।

हिजो ९बैशाख १६० भएको सभाले उपाध्यक्षमा भुमीकुमार दुलाल, रत्निमाया धिमाल, बिध्यानन्द चौधरी, सचिवमा सन्जिब काफ्ले, सह सचिवमा खगेन्द्र बराईली र कोषाध्यक्ष सुरज रौनियार सर्बसहमत चयन भएका छन ।

सदस्यहरुमा सुजन नेपाल, अनिश न्यौपाने, डिल्ली कटुवाल, दिपक माझी चयन भएका हुन ।

सोही भेलाले सस्थाको संरक्षकमा मनोज कुमार राजबंशी सल्लाहकार समितिको संयोजकमा भोजबिर माझी, सद्स्यहरुमा अर्जुन राई, रोशन खत्री, भुपेन्द्र सुब्बा, गोबिन्द अधिकारी ९बबि०, होम थापामगर, दिलिप कुमार शेर्पा, प्रेम कोईराला, जनक ढकाल चयन भएका छन् ।

२०७५ मा स्थापना भएपछि संस्थाले रक्तदान, विपदको बेला राहत वितरण, सामाजिक रुपान्तरण, दुर्ब्यसनीमा परेका युवा, युवती हरुलाई सचेतना लगायतको काम गर्दै आएको संरक्षण मनोज राजवंशीले बताए । लकडाउन सुरु भएपछि रक्तदान कार्यक्रम आयोजना गरि ६४ पिन्ट रगत जम्मा गर्नुको साथै, स्वास्थ कर्मीहरुको लागि पाँच सय बोतल पानी बितरण गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes