नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो, रौतहटमा दुईजना पुरुषमा कोरोना संक्रमण ‘पोजिटिभ’ - Pahilo Online

नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो, रौतहटमा दुईजना पुरुषमा कोरोना संक्रमण ‘पोजिटिभ’

writer

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न अस्पतालमा उपचाररत् ३९ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा मंगलबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले रौतहटमा २४ र ३५ वर्षीय दुईजना पुरुषमा कोरोना संक्रमण ‘पोजिटिभ’ देखिएको जानकारी दिए ।

उनीहरुको पनि उपचार सुरु गरिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । यस्तै, हालसम्म ५४ हजार ८२६ जनाको स्वास्थ्य परीक्षण गरिएको भन्दै प्रवक्ता देवकोटाले ‘पीसीआर’ विधिमार्फत् १० हजार ८०७ र ‘आरडीटी’बाट ४४ हजार १९ जनाको परीक्षण गरिएको जानकारी दिए ।

देशभर २२ हजार ९९ जना व्यक्ति सरकारले तोेकेको स्थानमा ‘क्वारेन्टाइन’मा रहेको र १०७ जना ‘आइसोलेसन’कक्षमा रहेको पनि डा. देवकोटाले जानकारी दिए । यस्तै, शिखर इन्स्योरेन्स कम्पनीले १७ हजारथान ‘सर्जिकल मास्क’ उपलब्ध गराएको पनि उनले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes