दमकमा थ्रोट स्वाब संकलन सुरु पहिलो दिन ७४ जनाको संकलन - Pahilo Online

दमकमा थ्रोट स्वाब संकलन सुरु पहिलो दिन ७४ जनाको संकलन

writer

झापा । झापाको दमकमा एकजनामा कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि थ्रोट स्वाब संकलन सुरु भएको छ । पहिलो दिन संक्रमित पहिचान भएको वडा नम्बर ३ सहित जोखिमयुक्त क्षेत्रका ७४ जनाको स्वाब संकलन गरिएको हो। संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुलाई पहिलो घेरामा राखी नमुना संकलन गरिएको हो।

नमुना संकलन गरिएका व्यक्तिहरुको आरडिटी तथा पिसिआर परीक्षण गरिने नगरपालिकाले जनाएको छ । नमुना परीक्षण गरिएकामध्ये पहिलो घेराका ६०, वडा नम्बर ६ का चार, वडा नम्बर ९ का चार तथा विभिन्न अस्पतालबाट रेफर गरिएका छजना गरी ७४ जना रहेका छन्। वडा नम्बर ३ का विदेशबाट आएका एक व्यक्तिका आफन्तलाई कोरोना संक्रमण पुष्टि भएपछि दमक अस्पतालका प्रमुख डा. खड्कराज लिम्बूको संयोजकत्वमा स्वास्थ्यकर्मीहरु परिचालन गरिएको हो।

दमकका विभिन्न क्वारेन्टाइनमा ४१ जना रहेकोमा १० जना अवधि पूरा गरी घर फर्किएका छन्। उनीहरुलाई अझै घरमै क्वारेन्टाइनमा बस्न भनिएको नगरपालिका प्रवक्ता गीता अधिकारीले बताइन्। दमक अस्पतालको आइसोलेसनमा दुई महिलासहित तीनजना रहेका छन्। कोरोना संक्रमित पहिचान भएको वडा नम्बर ३ लाई केन्द्रित गरी जारी गरिएको सिल अझै कायमै रहेको छ।

कोरोना संक्रमित पहिचान भएपछि नगरपालिकाले नगरपालिका अन्तर्गत रहेका चालकहरुलाई अत्यावश्यकीय सेवामा काम गर्न पिपिई उपलव्ध गराएको छ। यसैगरी लकडाउनको समयमा समेत नियमित सरसफाई कार्यलाई निरन्तरता दिन सरसफाईकर्मीहरुलाई पनि पिपिई उपलव्ध गराइएको नगरपालिकाले जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes