सवारी दुर्घटनामा परी २ जनाको मृत्यु - Pahilo Online

सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

writer

सुनसरी, ताप्लेजुङ । सुनसरीको धरान उपमहानगरपालिका १८ दुर्गाचोकमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आईतवार बेलुका पौने ७ बजेको समयमा को ३४ प १०३९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक धरान १६ का २४ बर्षीय बिशाल तामाङ घाईते भई उपचारको लागी बी.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा राती साँढे ८ बजे तामाङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

ताप्लेजुङको श्रीजंगा गाउँपालिका २ मा ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । सोमबार बिहान सवा ११ बजेको समयमा खादिम्बे तर्फ खाद्यान्न लिन जाँदै गरेको जनमेजय निर्माण सेवा प्रा.लि. को प्रदेश १–०१–००१ त ८२४८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडक देखि अन्दाजी १०० मिटर तल झरी दुर्घटना हुँदा ट्याक्टर चालक पाँचथरको हिलिहाङ गाउँपालिका ठेगाना भएका २२ बर्षीय निर्मल लामिछानेको घटनास्थलमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दुर्घटनामा परी ट्याक्टरका सहचालक स्थानीय १९ बर्षीय रुद्र पौडेल घाईते भई उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ पठाईएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes