स्टन भिल्लाले आफ्नो खेलाडीको २५ प्रतिशत तलब रोक्ने - Pahilo Online

स्टन भिल्लाले आफ्नो खेलाडीको २५ प्रतिशत तलब रोक्ने

writer

एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाले आफ्नो खेलाडीको २५ प्रतिशत तलब रोक्ने भएको छ ।
कोरोना भाईरसको महामारीको कारण भिल्लाले चार महिनाको तलबको २५ प्रतिशत रोकिने जनाएको छ ।खेलाडीसँगै क्लबको प्रशिक्षक र व्यवस्थापकको तलब समेत २५ प्रतिशत रोकिने जनाएको छ ।
तलबको रोक्ने निर्णयमा खेलाडी, प्रशिक्षक र म्यानेजमेन्ट टिमले सहमति जनाएको समेत क्लबले जनाएको छ ।’हाम्रा खेलाडी र कर्मचारीले ठुलो एक्यबद्धता जनाएका छन् । जसलाई वित्तीय समस्या छ,’ भिल्लाका सिईओ क्रिस्टियन पुर्स्लोले भने ।
कोरोनाको कारण प्रिमियर लिगका क्लबहरु अहिले आर्थिक संकटमा रहेको बताईएको छ । यस अघि साउथह्याम्पटनका खेलाडी तलब रोक्न सहमत भएका थिए ।
यस्तै आर्थिक संकटबाट जोगिन प्रिमियर लिग क्लबले आफ्नो खेलाडीलाई ३० प्रतिशत तलब कटौतीका लागि आग्रह गरेको थियो ।
कोरोनाको कारण प्रिमियर लिग स्थगित गरिएको छ । लिग सुचारुको मिति अझै अन्योलमा रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes