पथरी शनिश्चरे / नेपालभरि लकडाउन लामो समयदेखि भैरहेको अवस्थामा काठमाडौँमामा समस्या भोगिरहेका र काठमाडौँमा रहेका घर आउन चाहने २४२ जना नगरवासीलाई घर ल्याएको छ । शनिवार पथरी शनिश्चरे नगरको विशेष पहलमा उनिहरुलाई घर ल्याइएको हो ।
घर आउन चाहनेलाई काठमाडौँ पथरी मैत्री समाजको समन्वयमा उनिहरुलाई घर ल्याइएको हो ।
काठ्माडौंबाट पथरी शनिश्चरे आइपुगेका सबैलाई स्वास्थ्य कर्मीहरुले ज्वरो नापेर सबैको रेकर्ड राखेर घर पठाइएको छ । पथरी रंगशालामा सबैलाई राखेर उनिहरुको सम्पर्क ठेगाना, नम्बर सहित रेकर्ड राखेर सेनिटाइज गरेर घर पठाइएको हो । बसलाई समेत सेनिटाइज गरिएको थियो । पथरी आएका सम्पूर्णलाई होम क्वारेन्टाइनमा बस्न स्वास्थ्यकर्मी मुरारी आचार्यले सुझाव दिए ।
उनिहरुलाई नगरप्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट, वडा अध्यक्षहरु गोविन्दबहादुर भण्डारी, बाबुराम येङदेन, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, पथरी प्रहरी प्रमुख डीएसपी दिलिपकुमार गिरी, समाजसेवी प्रदीपकुमार राई, नेपाली काङ्ग्रेसका नगरसचिव दुर्गा भट्टराई लगायतको टोली सहयोग पु¥याएका थिए ।