फ्रान्सका फरवार्ड जिरुडसँगको सम्झौता नवीकरण गर्ने चेल्सीको तयारी - Pahilo Online

फ्रान्सका फरवार्ड जिरुडसँगको सम्झौता नवीकरण गर्ने चेल्सीको तयारी

writer

 

एजेन्सी । इंग्लिस क्लब चेल्सीले फ्रान्सका फरवार्ड ओलिभर जिरुडसँगको सम्झौता नवीकरण गर्ने तयारी गरेको छ ।चेल्सीले विश्वकप विजेता फरवार्डसँग एक वर्षे करार अवधि थप्ने तयारी गरेको हो ।जिरुडको चेल्सीसँगको सम्झौता यहिँ जुन ३० मा सकिदैछ ।
सम्झौता सकिएसँगै जिरुडले फ्रि ट्रान्सफरमा इटालियन क्लब इन्टर मिलान जाने तयारी गरेका छन् । उनले इन्टरसँग सहमति जनाईसकेको समेत बताईएको छ ।तर, चेल्सीले जिरुडलाई सन् २०२१ सम्म क्लबमा राख्न तयारी गरेको गार्जियनले जनाएको छ ।३३ वर्षे फरवार्डले यस सिजन चेल्सीमा धेरै मौका पाएका छैनन् । तर, गत जनवरीमा टामी अब्राहमले चोट बोकेपछि भने फ्रान्क लाम्पार्डले उनलाई पहिलो रोजाईमा राख्दै आएका छन् ।जिरुड सन् २०१८ मा आर्सनलबाट चेल्सी आएका थिए ।
फ्रान्सले सन् २०१८ को विश्वकप उपाधि जित्दा जिरुड टिममा रहेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes