पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको ४ नम्बर वडाका जनप्रतिनिधिहरुले ३ सय केजी चामल राहत स्वरुप उपलब्ध गराएका छन् ।
वडाध्यक्ष गोविन्दबहादुर भण्डारी तथा सदस्यहरु अम्बरबहादुर बराइली, खड्गबहादुर सुस्लिङ, दिलु मगर र तुलसा दर्जीले व्यक्तिगततर्फबाट ३ सय केजी चामल खरिद गरिएको हो । नगरबाट छुटपुटका लागि पछिल्लो पटक वितरित ५० घर परिवार सहित जनप्रतिनिधिको राहत समेत गरी हालसम्म दैनिक ज्यालामजदुरी गर्ने विपन्न ३ सय ७३ लाई चामल, दाल, तेल, नून र साबुन राहत विरतण गरिएको छ ।
यसका साथै वडाको विपद व्यवस्थापन कोषको २० हजार रुपैयाँ पनि राहतका लागि छुट्याइएको वडाध्यक्ष भण्डारीले जानकारी दिए।