राजपा–समाजवादी पार्टीबीच एकता, नयाँ पार्टीको नाम जनता समाजवादी राखियो - Pahilo Online

राजपा–समाजवादी पार्टीबीच एकता, नयाँ पार्टीको नाम जनता समाजवादी राखियो

writer

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकीकरण गर्ने सहमति भएको छ । नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राखिएको छ ।

समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एकतामा सहमति जुटेको र एकीकृत पार्टीको नाम जनता समाजवादी, नेपाल राखिएको बताए।राजपाका नेता राजेन्द्र महतोले बिहीबार नै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरिनेजानकारी दिए ।

करीब ११ बजे भएको सहमतिमा दुवै पार्टीका चार चार जना नेताले हस्ताक्षर गरेका छन्। सहमतिपत्रमाराजपबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्रराय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादीबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन्।राजपा नेपालका अध्यक्षमण्डलका सदस्यहरू अनिलकुमार झा र राजकिशोर यादवले भने सहमतिपत्रमा यसमा हस्ताक्षर गरेका छैनन्।

पार्टीको झन्डा समाजवादीको र चुनाव चिन्ह राजपाको राख्ने पनि सहमति भएको छ। दल विभाजन खुकुलो हुनेगरी आएको अध्यादेशको त्रासले मध्यरातमा राजपा र समाजवादी पार्टीबीच एकता भएको हो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes