१ नम्बर प्रदेशका बिभिन्न स्थानमा चट्याङले लागेर ५ जना घाईते, केही चौपायाको मृत्यु - Pahilo Online

१ नम्बर प्रदेशका बिभिन्न स्थानमा चट्याङले लागेर ५ जना घाईते, केही चौपायाको मृत्यु

writer

बिराटनगर । १ नम्बर प्रदेशका बिभिन्न स्थानमा बर्षासंगै चट्याङ पर्दा चट्याङले लागेर ५ जना मानीस घाईते भएका छन् भने केही चौपायाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका ११ बेतीनीका ५५ बर्षीय चन्द्र बहादुर मगरको घरमा गए राती साँढे ११ बजे अचानक चट्याङ पर्दा चट्याङले लागेर चन्द्र मगर सहित निजको श्रीमती ४८ बर्षीया मन कुमारी मगर, आमा ७० बर्षीया मन माया मगर र छिमेकी सुमन मगर सामान्य घाईते भएका छन् । उक्त चट्याङले लागेर मगरको गोठमा बाधीराँखेको १ वटा बाख्रा समेत समेत मरेको छ ।

यसैगरी सोही नगरपालिका ६ रिस्कुमा गए राती ११ बजे अचानक चट्याङ पर्दा स्थानीय मेनुका राईको १२ बर्षीय छोरा अस्मान राई सामान्य घाईते भएका छन् । उक्त चट्याङले लागेर छिमेकी खुम बहादुर राईको खोरमा रहेका ३ वटा सुंगुर र धन कुमारी राईको खोरमा रहेका २ वटा सुँगुर मरेका छन् । यस्तै ईलामको फाकफपोकथुम गाउँपालिका २ कालबोटेका ईन्द्र बहादुर चौहानको गोठमा राती १ बजे अचानक चट्याङ पर्दा गोठमा बाँधिरहेको १ वटा भैसी मरेको बताईएको छ भने ताप्लेजुङको त्रिवेणी गाउँपालिका २ फुलवारीका हरिलाल पाठकको घरमा चट्याङले लाग्दा घरको गाह्रो चर्काएको र सोलार प्यानलमा क्षति भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes