महासंघ द्वारा पत्रकारहरुलाई सेनेटाइजर र माक्स वितरण - Pahilo Online

महासंघ द्वारा पत्रकारहरुलाई सेनेटाइजर र माक्स वितरण

writer

पथरी । नेपाल पत्रकार महासघ प्रदेश १ समितिले बुधबार सुनसरी ,मोरङ र झापाका पत्रकारहरुलाई सेनेटाइजर र माक्स वितरण गरेको छ ।

सुनसरीको पत्रकारका लागि ६० वटा सेनिटाईजर र १ सय मास्क सुनसरी अध्यक्ष अमर खड्कालाई वितरण गरियो । यस्तै मोरङको पथरीका सञ्चारकर्मीहरुका लागि २० वटा सेनिटाईजर र १ सय मास्क नेपाल पत्रकार महासंघ मोरङका सह–सचिव सन्तोष राई र उर्लाबारीका सञ्चारकर्मीका लागि २० वटा सेनिटाईजर र १ सय मास्क सञ्चार क्लब नेपाल उर्लाबारीका अध्यक्ष सरोज बस्नेतलाई सम्बन्धित ठाउँमा प्रदेश पत्रकार महासघको तर्फबाट पत्रकार रबिन भट्टराईले प्रदान गरे ।

यस्तैगरी दमकका सञ्चारकर्मीका लागि २० वटा सेनिटाईजर र १ सय मास्क र झापाका अन्य स्थानका सञ्चारकर्मीलाई वितरण गर्न १२० सेनिटाईजर र २ सय मास्क पत्रकार महासघ जिल्ला शाखा झापा मार्फत दिइएको प्रदेश अध्यक्ष बिक्रम लुइँटेलले जानकारी दिए । पत्रकार महासंघ प्रदेशलाई आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सामग्री उपलब्ध गराउनु भएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes