सुनसरीमा अत्यावश्यक पसल खोल्न दिइने, विहान ७ बजे देखि १० बजेसम्म पसल खुल्ने - Pahilo Online

सुनसरीमा अत्यावश्यक पसल खोल्न दिइने, विहान ७ बजे देखि १० बजेसम्म पसल खुल्ने

writer

इनरुवा । सुनसरीमा बुधबारबाट अत्यावश्यक पसल खोल्न दिइने भएको छ । जारी लकडाउनलाई कडाई गर्दै आएको प्रशासनले भोलिबाट भने अत्यावश्यक सामग्रीको खरिदमा कम असुविधा पर्ने गरी छुट दिन लागेको हो । सुनसरी प्रशासनले दैनिक उपभोग्य सामान खरीदमा देखिएको असहजता हटाउँदै साँझ हुने भीडलाई व्यवस्थित गर्न समय निर्धारण गरी अत्यावश्यक सेवा प्रवाहको बन्दोबस्ती मिलाउन लागिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार विहान ७ बजे देखि १० बजेसम्म बजार पसल खुल्न सक्ने छ । जसकालागि स्थानीय निकाय र उद्योग वाणिज्य संघले समन्वयकारी भूमिका निर्वाह गर्ने छन् । प्रजिअ पौडेलका अनुसार उद्योग वाणिज्य संघले आवश्यकताका आधारमा सर्ट लिष्ट जारी गरी तोकिएका पसल मात्रै खोल्न पाइने छन् । कुन पसल खोल्ने भन्ने अन्तिम निर्णय भने सम्वन्धित क्षेत्रको उद्योग वाणिज्य संघमा निहित हुने छ । जसले आवश्यकताका आधारमा स्थानीय तहसँगको समन्वयमा निर्णय गर्न सक्ने छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes