‘प्रहरीको साथी म’ अभियान प्रभावकारी बन्दै - Pahilo Online

‘प्रहरीको साथी म’ अभियान प्रभावकारी बन्दै

writer

पहिलो अनलाइन

पथरी । विश्वमै महामारीको रुप लिएको कोरोना भाइरसविरुद्ध युवाहरुलाई एकत्रित र एकतावद्ध बनाउन मोरङमा ‘प्रहरीको साथी म’ नामक नयाँ अभियान प्रभावकारी बन्दै गएको छ । संक्रमण नियन्त्रण गर्न र फैलन नदिन सरकारले लकडाउन गरिरहेका बेला त्यसलाई प्रभावकारी बनाउनसमुदाय स्तरबाट प्रहरीका गतिविधिसँग युवालाई जोड्दै नयाँ दस्ता तयार पारेर परिचालन गर्न थालिएको हो ।
सर्वसाधारण नागरिकलाई लक्षित गर्दै प्रहरीले विगतदेखि नै सञ्चालन गरिरहेको ‘समुदाय–प्रहरी साझेदारी’ अन्तर्गत यो अभियान चलाइएको छ । प्रहरीका ‘प्रहरी मेरो साथी’, ‘मुस्कानसहितको प्रहरी सेवा’, ‘टोलटोलमा प्रहरी’ लगायतका अभियान जारी छन् ।

ती अभियान भन्दा भिन्न नाम दिएर ‘प्रहरीको साथी म’ नामक नयाँ अभियान सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी दिलिप गिरीले बताए । उनका अनुसार यो अभियानमा जोडिएका युवाले लकडाउनलाई प्रभावकारी बनाउन र यसको कार्यान्वायनमा सहयोग गरिरहेका छन् । त्यस्तै लकडाउनमा घर बाहिर ननिस्कने, भीडभाडमा नजाने, मास्क प्रयोग गर्ने, साबुन पानीले नियमित हात धुने र सेनिटाइजरको प्रयोग गर्ने लगायत कोरोना जनचेतना फैल्याउन प्रहरीलाई सहयोग गरिरहेको गिरीले बताए ।

पथरीशनिश्चरे नगरपालिकामा १० वटा वटा वडाहरू छन् । प्रत्येक वडामा न्यूनतम १० जनाको टोली बनाएर परिचालन गर्ने योजना अन्तर्गत अभियान सञ्चालन भइरहेपनि हरेक वडाबाट थप संख्या माग भए बमोजिम आज (मंगलबार) वडा नं. ७ मा १६ जना थप गरिएको छ । अभियानमा जोडिएका युवालाई ‘प्रहरीको साथी म’ लेखिएको ‘टी सर्ट’ उपलब्ध गराएको छ ।


डीएसपी गिरीले पथरीशनिश्चरे क्षेत्रमा एक सय युवा अभियानमा आवद्ध भइसकेको बताए । ‘प्रत्येक वडाबाट १० जना युवालाई समेटेर टोली तयार गरिएको छ,’ उनले भने, ‘टोलटोलबाट शिक्षक, बुद्धिजिवी, व्यापारी, सर्वसाधारण सबै वर्गलाई समेटिएको छ ।’ प्रहरीको उपस्थित कम भएको अवस्थामा अभियानमा जोडिएका युवाहरूले प्रहरीका लागि सहयोगीको भूमिका निर्बाह गर्ने डीएसपी गिरीले बताए ।

यसअघि ७ नं. वडामा १० जनाको समूह गठन भइसकेको थियो । जसमा मंगलबार १६ जना युवा थप गरिएको वडा सदस्य विर्खबहादुर मगर (विरोज)ले जानकारी दिए । वडा सदस्य मगरका अनुसार वडामा २६ जना युवाले ‘प्रहरीको साथी म’ अभियानमा आबद्ध भएर सहयोग पु¥याउने छन् ।

जसमा दुर्गा तामाङ, विष्णुकुमार कार्की, विशाल रायमाझी, विनोद राई, चेतप्रसाद ढकाल, राजकुमार बस्नेत, भिमल मगर, सूर्य तामाङ, खड्क राई, डेविड राई, पूर्णकुमार सुनुवार, बादल लिम्बू, अभिषेक विश्वकर्मा, किरण लिम्बू, पारस लिम्बू, भुवन मगर, सुमन गिरी, लिला उप्रेती, सोबु दाहाल, महेश कार्की, भविन रिमाल रहेका छन् । यसैगरी अन्य सदस्यहरुमा प्रदिप ठाकुर, रोशन गुरुङ, पदम खजुम, मनिष धिमाल र छत्रबहादुर लिम्बू रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes