पथरीशनिश्चरे नगर स्वास्थ्य संयोजक आचार्य गैर कानूनी कार्यमा संलग्न - Pahilo Online

पथरीशनिश्चरे नगर स्वास्थ्य संयोजक आचार्य गैर कानूनी कार्यमा संलग्न

writer

पहिलो अनलाइन

रुख काट्ने व्यक्ति ओसार पसार गर्न प्रयोग भएको आचार्यको कार ।

पथरी । लकडाउनको मौका छोपेर मोरङको पथरीशनिश्चरे–१ पूर्व बस स्टेन्ड नजिकै शुक्रबार दिउँसो गैरकानूनी रुपमा तीन वटा रुख ढालिएको छ । अबैध रुपमा रुख काट्नको लागि पथरी अस्पतालमा कार्यरत स्वस्थ्य कर्मचारी मुरारी आचार्यको कार प्रयोग भएको खुलेको छ ।

आचार्यले अबैध रुख काट्नको लागि बा १९ च ९८१० नम्बरको गाडीमा मानिस ल्याउने र पु¥याउने गरेको खुलेको हो ।
ट्राफिक प्रहरी कार्यालय पथरीको कार्यालयदेखि दक्षिणमा धिमाल महाराज ग्रामथानमा रहेका दुई वटा सालका रुख ढालिसकेपछि तेस्रो रुख ढाल्दै गर्दा गोप्य सूचनाका आधारमा सव–डिभिजन वन कार्यालय पथरी र उर्लाबारी मंगलबारेको वन रक्षक टोली त्यहाँ पुगेका थिए । कर्मचारी त्यहाँ पुग्दा अभियुक्तहरु तुरुन्त फरार भएका थिए । अभियुक्तहरुलाई आफ्नै कारमा ल्याएका स्वास्थ्य संयोजक आचार्यले पु¥याउने काम गरेका थिए ।

यद्यपि आचार्यले भने गाडी प्रयोग भएको कुरा अस्वीकार गर्दै रुख ढाल्न वन कर्मचारीकै मिलेमतो भएको आरोप लगाएका छन् ।
अबैध रुख ढालिएको बारेमा अनुसन्धान सुरु भएकोले गैर कानुनी कार्यमा संलग्न कसैलाई नछाडिने डिभिजन वन कार्यालय मोरङका प्रमुख डीएफओ विशाल घिमिरेले बताएका छन् । डिएफओ घिमिरेले रुखहरु ढालिएको बारेमा छानविन गर्न डिभिजन वन कार्यालय मोरङले महोमद अलाउदिनलाई अनुसन्धान अधिकृत तोकेको जानकारी दिए । उनी सब डिभिजन वन कार्यालय पथरीका प्रमुख हुन् ।
यता मोहमद अलाउद्धिनले रुख काट्ने कार्यमा संम्लग्न ब्यक्तिहरुको अनुसन्धान सुरु भएको जानकारी दिए । उनले ऐन, नियम विपरित गर्नु नै अपराध भएकोले कानुन बिपरित रुख कटानमा संम्लग्नलाई कुनै पनि सर्तमा नछोडिने जानकारी दिए ।

रुख कटान भएको क्षेत्र धिमाल समुदायले सांस्कृतिक स्थलको रुपमा प्रयोग गर्दै आएको छ । करिव दुई महिना अघि पथरीकै तमु बौद्ध गुम्बामा भएको चार वटा रुख पनि यसैगरी ढालिएको थियो । गुम्बाको घट्ना करिव दुई महिना पछि मात्र वन कर्मचारीले थाहा पाएर बैशाख ८ गते मात्र लगत उठाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes