पथरी शनिश्चरे नगरका मस्जिदमा अनुगमन् - Pahilo Online

पथरी शनिश्चरे नगरका मस्जिदमा अनुगमन्

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयको अगुवाईमा नगर क्षेत्रमा पर्ने मुस्लिम समुदायका २ वटा मस्जिदमा आज अनुगमन् भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सचेतना अपनाउने सन्देश दिँदै वडा नम्बर ५ स्थित हसन्दहमा रहेका २ वटा मस्जिदमा अनुगमन् गरिएको हो । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा, प्रहरी चौकी कुसेका सुरक्षाकर्मी, समाजसेवीहरु समेत सम्मिलित टोलीले मस्जिद अनुगमन् गर्दा मस्जिद खाली अवस्थामा भेटिएको छ ।

मस्जिदमा अन्य देशबाट मानिसहरु यसबेला नआएको तथा दैनिक नवाज पढ्ने काम रोकिएको पाइएको अनुगमन् समिति संयोजक वास्तोलाले जानकारी दिइन् । अनुगमन्का क्रममा कोरोनाको संक्रमण तथा बन्दाबन्दी (लकडाउन) नहटेसम्म स्थानीयलाई धर्मावलम्बी भेला भएर नमाज पढ्ने काम स्थगित गर्न अनुरोध गरिएको छ ।

टोलीले, वडा नम्बर ८ को सोमबारे, ४ र ८ मा पर्ने कुशलबजार, ५ र ६ को हसन्दह, ४ र ९ को शनिश्चरे चोक, १० को ऐयावारी र जिरिखिम्तीमा घरैभित्र बस्न अनुरोध गर्दै लकडाउनको कडाईका साथ पालना गर्न सम्झाइएको छ । यस क्रममा चिया पसल, होटल तथा विहान ७ देखि १० बजेबाहेक खोलिएका किराना पसललाई वन्द गराइएको छ । भिडभाड भएर तास खेल्ने, गाँजा सेवन गर्ने संस्कास्पद क्षेत्रहरुमा समेत सचेत गराइएको छ ।

साथै टोलीले, कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको लकडाउनले काम रोकिएर समस्यामा परेका ५ जना निर्माण मजदुरलाई राहत समेत प्रदान गरेको छ । प्रदेश सरकारको योजनाको सडक निर्माण कार्यमा खटिएका र हाल काम नहुँदा खानको समस्यामा परेका वडा नम्वर ३ को कल्याणचोक पूर्वमा छाप्रामा बसेका ती मजदुरलाई २५ केजी चामल, २ केजी दाल, १ केजी नून, १ लिटर तेल र २ वटा साबुन वितरण गरिएको छ ।

यसैबीच, १० नम्वर वडाध्यक्ष सागर राईको अगुवाईमा सो क्षेत्रमा पर्ने सामुदायिक वन उपभोक्ता समूहका अगुवा, उपभोक्ता सहितको टोलीले लकडाउनको मौका छोपी वनमा हुनसक्ने काठ तस्करी र चोरी शिकारी रोक्न सोमबार गस्ती गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes