सुनसरी । र्यापिड डायग्नोष्टिक टेष्टआरडीटी) परिक्षणमा कोरोना पोजेटिभ देखिएका तेह्रथुमको मेन्छ्यायेम गाँउपालीकामा ६ जना सबैको पिसिआर परिक्षण नेगेटिभ रिपोर्ट आएको छ । बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तेह्रथुमबाट १० वटा नमुना संकलन गरी पठाईएकोमा सबैको रिपोर्ट कोरोना नभएको आएको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले जानकारी दिएका छन् ।
प्रतिष्ठानका अनुसार आज ३० वटा स्वाबको नमुना परीक्षण भएको थियो । ति सबैको रिपोर्ट नेगेटिभ नै आएको पनि डा.ऐरले जानकारी दिए । प्रतिष्ठानमा हालसम्म कुल २४९ वटा पिसिआर नमुना परीक्षण भएको छ । ती सबैको रिपोटै नेगेटिभ नै आएको छ । प्रतिष्ठानको कोरोना हेल्प डेस्कमा हालसम्म ३२२ जनाको प्रारम्भिक जाँच गरिएको छ ।