कानेपोखरी । ज्यालादारी मजदुरलाई राहत उपलब्ध गराउनको लागी सरकारले लागु गरेको एकद्वार प्रणाली नियमको उल्घंन गर्दै नेपाली कांग्रेसले मोरङको कानेपोखरीमा राहत वितरण गरेको छ ।
कानेपोखरी गाउँपालिकासंग सहकार्य नै नगरी हिजो शुक्रबार वडा नं –७, को विभिन्न स्थानमा राहत वितरण गरेका थिए । मेडिकल कलेज संचालक तथा नेपाली कांग्रेसका महासमिति सदस्य सुनिल शर्माको आर्थिक सहयोगमा नेपाली कांग्रेस कानेपोखरीले राहत वितरण गरेको हो । राहत वितरणमा काँग्रेस नेता लोकप्रसाद संग्रौला, शेखरचन्द्र थापा, बसन्त भट्टराई, सुनिल शर्मा, मोदराज घिमिरे, मानबहादुर लिम्बु र कानेपोखरी सभापती योगेन्द्र दाहाल लगायतले राहत वितरण गरेका हुन ।
सामाजिक दुरी पनि कायम नगरी १५ केजीको चामलको पोका मजदुरले लिएको र ५ जना नेताले पोका दिएको थुप्रै फोटो खिचेर सामाजिक सञ्जाल रंगाएर गरिवको मजाक उढाएका छन् । लकडानउको बेला नेताहरुमात्र होइन कार्यकर्ता पनि उलेखिय उपस्थित भई राहत वितरणमा सहभागी भएका त्यहाँका स्थानीयहरु बताउँछन् ।
गत प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नं। ३ मा कांग्रेसको तर्फबाट उम्मेद्वारसमेत रहेका शर्मा जनसंख्या तथा स्वास्थ मन्त्री भानुभक्त ढकालसंग पराजित भएका थिए । शर्माले केही दिनअघि ३ नम्बर क्षेत्रका बेलबारी, सुन्दरहरैंचा र पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकालाई बेलबारी नगरपालिकामा बोलाएर रकम वितरण गर्ने कार्यक्रम थियो । कानेपोखरी बाहेक अरु पालिकालाई ३० लाख ३६ हजार रकम प्रदान गरेका थिए ।
कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले पैसा लिने बारेमा कसैले खवर नगरेको भन्र्दै रकम लिन गएनन् । तर दिने शर्माले राहत लिन आएनन भनेर व्यापक प्रचारप्रचारमा लागेका थिए । अनलाइन, रेडियोमा मात्र नभएर टेलिभिजनमा पनि लिन आएनन भनेर प्रचार गरी भ्रम फैलाएका थिए । उनले मात्र होइनन् कांग्रेसका कार्यकर्ताले राहत लिन नआएको भन्र्दै विरोध गरी सामाजिक सञ्जाल रंगाएका थिए । कानेपोखरी गाउँपालिकाले बास्तविक कुरालाई विज्ञप्ती मार्फ सुचना गर्दै लिन छुटेपनि गाउँपालिकाको आकस्मिक राहत कोषको बैंक खाता नं। म्घऋब्ण्ण्ण्द्धछछठछद्दद्धण्घ मा जम्मा गरिदिन विज्ञप्ती निकाल्दै आग्रह गरेका थिए ।
१ सय ५० परिवारलाई प्रतिघर १५ किलो चामल, १ किलो दाल, १ किलो नुन, आधा लिटर तेल र एउटा सावुन दिएका थिए । यस विषयमा कानेपोखरी गाउँपालिकाले आपती जनाएको छ । गाउँपालिकाले एकद्घार प्रणाली नियमको उल्घंन नर्गन नेपाली कांग्रेस कानेपोखरीलाई आग्रह गरेको छ । यसैगरी फेरी पनि वितरण गरिएमा नियन्त्रणमा लिने तयारी गाउँपालिकाले गरेको छ ।
यस विषयमा इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप कुमार गिरीले आफुलाई कुनै जानकारी नआएको र स्थानीय तहले जानकारी गराएमा वितरणमा रोक लगाउने बताए ।
विवाद चुलिए पछि गएको चैत ३० गते गाउँपालिकाका अध्यक्ष ताराबदादुर काफ्लेको अध्यक्षतामा सर्वदलिय बैठक बसी सबै संग सहकार्य र समन्वय गरी प्रभावकारी ढंगबाट राहत वितरण गर्ने सहमती भएको थियो ।
तर गाउँपालिका सहितको सर्वदलिय सहमतीबाट टाढिएर र सरकारले गरेको एकद्घार प्रणाली नियमको उल्घंन गर्दै नेपाली कांग्रेसले आफै राहत वितरण गरेको हो ।
गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नाम, नेकपा अध्यक्ष भोला अधिकारी, सचिव मनोज रावंशी, नेकपा इन्चार्ज राजेन्द्र मण्डल र सहइन्र्चाज अम्बिका अर्याल र राष्ट्रिय युवा संघ मोरङका अध्यक्ष नविन पौडेल र नेपाली कांग्रेसको तर्फबाट गाउँसभापती योगेन्द्र दाहाल, सहसभापती मोहन कटुवाल, महासमिति सदस्य जयराज संयोक, क्षेत्रिय सदस्य हिमप्रसा तिम्सिना, त्रिभूनाथ फुयल, ६ नं। सचिव सुमन अधिकारी बैठकमा सहभागी थिए । त्यसैगरी वडा नं। ६का वडाध्यक्ष खड्ग बस्नेत र वडा नं। ४ का वडाध्यक्ष धनबहादुर राई पनि बैठकमा सहभागी भई सवैले सहमतीका हस्ताक्षर गरेका थिए ।
राजनीतिक दल तथा त्यस दलका नेता कतिको विश्वासिलो रहेछ भन्ने यसले पृष्टी गरेको छ । बैंठकको निर्णय तल हेर्नोस् ।