पथरी शनिश्चरमा छुटपुटलाई राहत वितरण - Pahilo Online

पथरी शनिश्चरमा छुटपुटलाई राहत वितरण

writer

पथरी शनिश्चरे । कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको लकडाउनका कारण अति समस्यामा परेका र यसअघिको राहतमा केही छुट भएका दैनिक ज्यालामजदुरहरुका लागि पथरी शनिश्चरे नगरपालिकाले शुक्रबार बाट राहत वितरण गरेको छ ।

‘कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको निर्णय अनुसार राहत व्यवस्थापन तथा वितरण समितिमार्फत छुटपुट भएकाहरुका लागि प्रति वडा ५० घर परिवारका दरले राहत वितरण थालिएको हो ।

शुक्रबार वडा नम्वर १, ४, ५, ६, ७, ८ र ९ नम्वर वडामा वडा कार्यालयमा एकमुष्ट राहत पुर्याइएको छ । वडा कार्यालयले मापदण्ड अनुसार छनौट गरी यस अघि छुट हुन गएकाहरुलाई राहत वितरण गर्नेछ । राहत स्वरुप यसअघिकै मापदण्ड अनुसारको चामल, दाल, खानेतेल, नून र साबुन उपलब्ध हुनेछ ।

समन्वय समिति सदस्य तथा राहत व्यवस्थापन तथा वितरण समिति संयोजक नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, नेकपाका चन्द्रकुमार राई, नेपाली कांग्रेसका दुर्गाप्रसाद भट्टराई सहित समन्वय समिति तथा राहत समितिका सदस्यहरुको सहभागितामा वडा वडामा राहत पुर्याइएको छ । आज शनिबार बाँकी रहेको २, ३ र १० नम्वर वडामा राहत पुर्याइने छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes