संखुवासभामा खाद्यान्न पनि ७२ घण्टा क्वारेन्टाइनमा राखिने - Pahilo Online

संखुवासभामा खाद्यान्न पनि ७२ घण्टा क्वारेन्टाइनमा राखिने

writer

संखुवासभा । कोरोनाको जोखिम बढेसंगै संखुवासभाको मादी नगरपालिकाले बाहिरबाट ल्याएका खाद्यान्न सामग्रीलाई ७२ घण्टा क्वारेन्टाइनमा राख्न थालेको छ । मादी नगरपालिकामा भित्रिने खाद्य सामाग्रीलाई अनिवार्य क्वारेन्टाइनमा राखेपछि मात्र बजारसम्म पुग्ने व्यवस्था मिलाइएको नगर प्रमुख विदुर सुब्वा लिङ्थेपले जानकारी दिए।

नगरपालिकाले कोरोनाको संक्रमण रोक्न भित्रिने प्रमुख नाका वडा नम्बर(१ को चौकीबजार र वडा नम्बर(६ को मादीराम्बेनीमा खाद्यान्नलाई क्वारेन्टाइनमा भण्डारण गरिएको नगर प्रमुख सुब्वाले बताए। नगरभित्र ढुवानी गर्ने चालकको स्वास्थ्य जाँच गरेपछि र गाडीमा किटनाशक औषधी छर्किएपछि मात्र खाद्यान्न ढुवानी गर्ने क्वारेन्टाइनसम्म जान पाउने व्यवस्था गरिएको हो। वडा नम्बर(१ को तीनजुरे आधारभुत विद्यालय र वडा नम्बर(६ को राम मन्दिरमा खाद्यान्नको क्वारेन्टाइन बनाइएको छ।

खाद्यान्यबाट समेत कोरोना भाइरसको संक्रमण भित्रनसक्ने भएका कारण मादी भित्रने खाद्यान्य सामग्रीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने थालिएको बताइएको छ। क्वारेन्टाइनमा राखिएको खाद्यान्य नगरभित्रका सवारी साधनले मात्र ओसारपसार गर्न पाउने छन्। खाद्यान्न राखिने क्वारेन्टाइनमा स्वास्थ्य सेवा सहितको हेल्पडेक्स पनि स्थापना गरिएको नगरपालिकाले जानकारी दिएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes