मोरङको रंगेली नगरपालिका वडा नम्बर ४ स्थित चेकाखोला नजिकै रहेको पिठारीको रुखको हागामा श्याम वर्ण, मझौला शरिर, दाह्री जुंगा भएको, शरीरको भागमा पुरै रौ रहेको, सेतो रंगको भेष्ट र निलो हाल्पÞm पेन्ट लगाएको पुरुष झुण्डीएको अबस्थामा फेला परेको रंगेली प्रहरीले जनाएकोछ । अन्दाजी ३० बर्षको र उचाई ५ फिट ५ ईन्च भएको युवक फेला परेका हुन् । हाल सम्म सनाखत समेत नभएको प्रहरीले जनाएको छ ।