नगर क्षेत्रभित्र लकडाउन कडाई गरिदै, सागसब्जी आयातमा रोक - Pahilo Online

नगर क्षेत्रभित्र लकडाउन कडाई गरिदै, सागसब्जी आयातमा रोक

writer

पथरी शनिश्चरे । कोरोना भाइरसका विरामीको संख्या बढ्दै गएपछि मोरङ पथरी शनिश्चरे नगरपालिका कार्यालयले लकडाउनमा थप कडाई गर्दै नगर बाहिरबाट सागसब्जी र फलफुल भित्रिन समेत नदिने भएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएको र अन्य पालिकाहरुले पनि आआफ्नो पालिकामा लकडाउनलाई थप प्रभावकारी बनाउने योजना बनाएपछि पथरी शनिश्चरेले पनि कडाई गर्ने भएको नगर प्रमुख दिलीपकुमार राईले जनाए । उनले कोरोना सर्न सक्ने माध्यममध्येको तरकारी तथा फलफुल अन्य पालिकाबाट आउन नदिने तथा आवतजावतमा पनि कडाईका साथ रोक लगाएर आफुपनि बाँचौं र अरुलाई पनि बचाऔं भन्ने सन्देश प्रवाहमा लागि परेको वताए ।

अन्य देश तथा अन्य पालिकाबाट यातायातका साधन भित्रिन नदिई कडाईका साथ रोक लगाइने उल्लेख गरे । उनले कडाईका साथ लकडाउन गर्नु बाहेकको हाल विकल्प नभएकाले सोही अनुरुप नगरवासीलाई घरभित्रै बस्न पुन आग्रह गरे । नगरभित्रै उत्पादित सागसब्जी अत्यन्तै स्वास्थ्य सावधानी अपनाएर कृषक समूह तथा कृषक सहकारीमार्फत विक्री वितरण गर्न थालिएको पनि बताए ।

भारतमा कोरोनाको संक्रमण बढिरहेको अवस्थामा भारतीय सीमा क्षेत्र नजिक पर्ने आफ्नो नगरका साथै अन्य सिमावर्ती नगरहरुले पनि यसबेला ज्यादै सजकता अपनाउनु पर्ने उनको धारणा छ । सुरक्षाकर्मीलाई पनि लकडाउनमा कडाई गर्न नगरपालिकाले जानकारी गराएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes