नेपालमा एकैदिन १४ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३० - Pahilo Online

नेपालमा एकैदिन १४ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३०

writer

काठमाडौं । नेपालमा शुक्रबार एकैदिन १४ जना कोरोना संक्रमित थपिएका छन् । उदयपुरको झुल्केस्थित एक मस्जिदमा लुकेर बसेका १६ जना भारतीय र बंगाली मुस्लिममध्ये ‘पीसीआर’ परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरु २२ देखि ४० वर्षसम्मका पुरुषहरु भएको पनि मन्त्रालयले जनाएको छ । मस्जिदमा विदेशी मुस्लिमहरु लुकेर बसेको थाहा पाएपछि प्रशासनले उनीहरुलाई समातेर परीक्षण गराएको थियो । यता, चितवनमा पनि दुईजनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले पुष्टि गरेको छ ।

चितवनको राप्ती नगरपालिकाका ६३ वर्षीया आमा र २७ वर्षीय छोरामा संक्रमण देखिएको हो । उनीहरु एक महिनाअघि बेलायतबाट आएको जनाइएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes