५ नं वडामा बढी मुल्यमा सामान बेच्ने गरेको पाइएपछि पसलमा ताला - Pahilo Online

५ नं वडामा बढी मुल्यमा सामान बेच्ने गरेको पाइएपछि पसलमा ताला

writer

पथरी शनिश्चरे । कोरोना संक्रमण फैलिन नदिन गरिएको लकडाउनको मौका छोपेर मोरङको पथरी शनिश्चरे ५ स्थित सुगा बजारको एउटा किराना पसलमा बढी मुल्यमा सामान बेच्ने गरेको पाइएपछि पसलमा ताला लगाइएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अनुवाईको अनुगमन् समिति, इलाका प्रहरी कार्यालय, पथरी उद्योग वाणिज्य संघका प्रतिनिधि सम्मिलित टोलीले आज त्यहाँ छड्के अनुगमन्का क्रममा सन्तोष पोद्धारको पसलमा कालोबजारी भएको पाएको हो ।

चिन्तामणि गौतमले सञ्चालन गरेको सो पसलबाट चिनी प्रति किलोग्राम ९० रुपैयाँमा विक्री वितरण भएको भेटिएपछि टोलीले पसलमा ताला लगाएको अनुगमन् संयोजक यमुना विष्ट वास्तोलाले जनाउनु भयो । पसल सञ्चालकलाई बढी मुल्यमा सामान नबेच्न चेतावनी दिँदै नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन गरिएको छ । अनुगमन् टोलीले अत्यावश्यकीय खाद्यान्नहरुमा मुल्य बृद्धि नगर्न अनुरोध गर्दै लगातार बजार अनुगमन् गरिरहेको छ । यस क्रममा पथरी, शनिश्चरे र हसन्दह क्षेत्रमा लकडाउनको अनुगमन् गर्दै घर बाहिर ननिस्किन अनुरोध गरिएको छ । खुलेका केही चिया पसल तथा होटल बन्द गराइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes