धनकुटाकामा १ करोड २४ लाख रुपैयाँ बराबरको राहत वितरण - Pahilo Online

धनकुटाकामा १ करोड २४ लाख रुपैयाँ बराबरको राहत वितरण

writer

धनकुटा । कोरोना संक्रमण रोकथामका लागि सरकारले घोषणा गरेको ‘लकडाउन’ लम्बिएपछि धनकुटाका स्थानीय तहले ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गर्दै धमाधम राहत वितरण गरेका छन्। जिल्लाका सात स्थानीय तहमध्ये तीन नगरपालिका र तीन गाउँपालिकाले आ–आफ्नै मापदण्ड बनाएर ६,६४५ ज्यालादारी मजदुर र विपन्न परिवारका २९,३६० जना सदस्यलाई राहत स्वरुप खाद्यान्न वितरण गरेका हुन्। धनकुटा, पाख्रिबास र महालक्ष्मी नगरपालिका तथा छथर जोरपाटी, शहीदभूमि र साँगुरीगढी गाउँपालिकाले एक करोड २४ लाख २२ हजार ६१५ रुपैयाँ बराबरको राहत वितरण गरेको जानकारी दिएका छन् ।

धनकुटाको चौबिसे गाउँपालिकाले पनि एक हजार १०० परिवारको लगत संकलन गरिसकेको र छिट्टै राहत वितरण गरिने जानकारी दिएको छ। धनकुटा नगरपालिका बाहेकका अन्य आधादर्जन स्थानीय तहले छुट्टाछुट्टै गरेर एक करोड आठ लाख ७५ हजार रुपैयाँ बराबरको प्रकोप व्यवस्थापन कोष स्थापना गरेका छन्। धनकुटा जिल्लाका सबै स्थानीय तहमा गरी १२१ शय्याको ’क्वारेन्टाइन’, २३ ठाउँमा थर्मलगन सहितको ’हेल्प डेक्स’ र १६४ जना स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) वितरण गरिएको छ। धनकुटालाई कोरोनाबाट सुरक्षित राख्न सीमा नाकामा कडाई गर्न पहल गरिने र स्थानीय सरकारले गरेको काममा सँधै सहयोग गर्ने प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले बताए।

उनले कोरोनाबारे फैलिएका हल्लाका पछि नलाग्न, तर सतर्क रहन जिल्लावासीसँग आग्रह गरेका छन्। कोभिड १९ को सम्भावित जोखिम नियन्त्रणका लागि तीन नगरपालिका र चार गाउँपालिका गरि धनकुटाका सातवटै स्थानीय तहले आफ्नै तरिकाले काम गरिरहेको जनाएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes