ताप्लेजुङका स्थानीयलाई कोरोनाभन्दा डढेलोको डर - Pahilo Online

ताप्लेजुङका स्थानीयलाई कोरोनाभन्दा डढेलोको डर

writer

ताप्लेजुङ । यतिवेला विश्व नै कोरोनाको महामारीले आक्रान्त बनेको छ। यस्तो बेला नेपाल पनि अछुतो रहेको छैन । महामारीको जोखिम रोक्न सरकारले वैशाख १५ गते सम्मका लागि लकडाउनको घोषणा गरिसकेको छ। मानिसहरु कोरोनाको डरका कारण घरबाहिर निस्किएका छैनन्। तर, ताप्लेजुङका ग्रामीण भेगका स्थानीयलाई भने कोरोनाको भन्दा वनमा लागेको डढेलोको बढि डर छ।

यतिवेला जिल्लाका अधिकांश वनमा डढेलो लागेको छ। फक्ताङलुङ गाउँपालिकाको सावादिन, मिक्वाखोलाको खोक्लिङ र लिवाङ, मेरिङ्देनको सान्थाक्रा, आठराई त्रिवेणीको फुलबारी, फुङलिङको दोखु, पाथीभरा याङवरकको नाङखोल्याङ लगायतका जंगलमा अहिले डढेलो लागिरहेको छ।

डढेलोका कारण कतिपय बस्ती र स्थानीयको घरसमेत जोखिममा परेका छन्। बुधबार दिउँसो मात्रै नाङखोल्याङको मेवाखा जंगलमा आगो लाग्यो। मेवाखा बस्तीलाई आगोबाट जोगाउन फुङलिङ नगरपालिकाको दमकलसहित सुरक्षा निकायका प्रमुखहरू पुगे। आगो नियन्त्रणका लागि सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले बस्तीछेउमा अग्निरेखा बनाए।

जतातजै डढेलो लागेपछि धुवाँका कारण ताप्लेजुङको आकाश प्रदूषित बनेको छ। पुस माघदेखि वैशाख जेठसम्म वनमा लाग्ने डढेलोको त्रास हुने पाथिभरा याङ्वरक १ नाङ्खोल्याङका जयनारायण श्रेष्ठ बताउँछन्। कोरोना भइरसको भन्दा पनि आगोको डर धेरै रहेको मेवाखाका डम्बर श्रेष्ठले बताएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes