खोटाङ । खोटेहाङ र बराहापोखरी गाउँपालिकामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) नेगेटिभ देखिएको छ । बिहीबार खोटेहाङमा २१ र जन्तेढुङ्गामा एक जना गरी २२ जनामा गरिएको परीक्षणमा सबै नेगेटिभ देखिएको हो । बुधबार जन्तेढुङ्गा गाउँपालिकामा १९ जनामा गरिएको आरडीटी परीक्षण पनि नेगेटिभ देखिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताए ।
कोभिड १९ संक्रमण भएनभएको थाहा पाउन आरडीटीका लागि स्वास्थ्यकर्मीहरुसहित जिल्ला समन्वय समिति खोटाङका प्रमुख चाम्लिङ, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, प्रहरी नायव उपरीक्षक वामदेव गौतमलगायत खटिएका छन् ।