धनकुटा । तमोर नदीले बगाएर बेपत्ता भएका धनकुटाको साँगुरीगढी गाउँपालिका ८ का ६० बर्षीय देव कुमार राई ४ दिन पछी मृत फेला परेका छन् । गत चैत्र २८ गते दिउँसो साँढे २ बजे अन्य साथीहरुसंगै पौडी खेल्न भनी तमोर नदिमा गएकोमा पौडी खेल्ने क्रममा अचानक नदीले बगाई बेपत्ता भएका राईलाई खोजतलास गर्ने क्रममा हिजो मंगलवार बिहान साँढे ९ बजे बगाएको ठाऊदेखि करिव १०० मिटर तल मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।