पथरीशनिश्चरे नगरको जोखिम न्यूनिकरण कोषमा सहारा नेपालको ५० हजार सहयोग - Pahilo Online

पथरीशनिश्चरे नगरको जोखिम न्यूनिकरण कोषमा सहारा नेपालको ५० हजार सहयोग

writer

पथरीशनिश्चरे । सहारा नेपाल बचत तथा ऋण सहकारी सेवाकेन्द्र पथरीले पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको कोषमा रू ५०,०००।– (अक्षेरूपी पचास हजार मात्र) सहयायोग गरेको छ ।

दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्नेहरुका निम्ति राहत जुटाउन NIC ASIA Pathari Branch मा खडा गरीएको समन्वय समितिको राहत कोषमा मा रू.५०,०००।– (अक्षेरूपी पचास हजार मात्र) सहयोग गरेको हो ।

उक्त रकमको चेक सहारा नेपाल साकोष पथरी सेवाकेन्द्र प्रमुख चन्द्रकला खातीले नगर प्रमुख दिलिपकुमार राईलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा उद्योग बाणिज्य संघ पथरीका अध्यक्ष दिपक बस्नेत र सहारा नेपाल साकोसका कर्मचारी अनुपा काफ्ले र पुजन न्यौपानेको पनि उपस्थिति रहेको थियो । नगर प्रमुख राईले सहयोग प्रति आभार प्रकट गर्दै धन्यवाद दिएका थिए ।

जहाँ जो बाट सहयोग आएपनि सो समितिमार्फत एकद्वार प्रणालीमा मात्रै राहत व्यवस्थापन र वितरण गरिनेछ । राहत उपलब्ध गराउन इच्छुक जो कोहीलाई समितिले सञ्चालन गरेको राहत कोषको NIC ASIA Pathari Branch को ०८४४१५००२७७५६००२ नम्बरको खातामा रकम जम्मा गर्न आव्हान समेत गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes