काठमाण्डौ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको समय १२ दिन थप्ने निर्णय गरेको शिक्षामन्त्री गिरीराजमणि पोख्रेलले जानकारी दिए । कोरोना रोकथाम र नियन्त्रणको लागि सरकारले गएको चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ ।
पछिल्लो समय कोरोनाका सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि थप सचेतताको लागि लकडाउनको अवधि बढाइएको सरकारले जनाएको छ । अहिलेसम्म १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये एक जना निको भएका छन् भने १५ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।