लुकेर बसेका एक भारतीयलाई क्वारेन्टाइनमा राखियो - Pahilo Online

लुकेर बसेका एक भारतीयलाई क्वारेन्टाइनमा राखियो

writer

सुनसरी । नेपाल–भारत सीमा सिल र देशभर लकडाउन भएका बेला धरान आएका एक भारतीय नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ । तीन दिनअघि धरान आएर लुकेर बसेको थाहा पाएपछि स्थानीयहरू सशंकित बनेका थिए । धरान–१५, बाँझोगरस्थित सदन रोडमा तरकारी व्यापार गर्ने बद्री चौधरीको घरमा आएका उनी लुकेर बसेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर गर्नासाथ ती व्यक्ति भाग्न खोजेका थिए ।

लकडाउन र सीमा सिल भएका बेला ती भारतीय नागरिक कसरी धरान आइपुगे भन्ने खोजी भइरहेको प्रहरीले जनाएको छ । स्थानीयले भने चौधरीको तरकारी बोक्ने मिनीट्रकमा लुकेर आएको हुन सक्ने आशंका गरेका छन् । ती भारतीय नागरिकलाई फुस्रेस्थित नेपाली सेनाले बनाएको क्वारन्टाइनमा राखिएको प्रहरीले जनाएको छ । ती व्यक्तिको रिपोर्ट पोजेटिभ देखिए उनी बसेको घरका सबैलाई क्वारेन्टाइनमा राखिनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes