सनसिटी अपार्टमेन्टका तीनमध्ये दुईमा कोरोना संक्रमण पुष्टि - Pahilo Online

सनसिटी अपार्टमेन्टका तीनमध्ये दुईमा कोरोना संक्रमण पुष्टि

writer

काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट कोरोनाको आशंकामा पाटन अस्पताल भर्ना गरिएका तीनजना मध्ये २ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ । तेस्रो व्यक्तिको भने रिपोर्ट आइसकेको छैन ।

सोमबार उनीहरुर्को यापिड टेष्टका क्रममा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । थप परीक्षणका लागि उनीहरुको थ्रोट स्वाब संकलन गरिएको थियो भने लगत्तै पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

उनीहरूमा कोरोना पुष्टि भएको बारे सरकारले औपचारिक रूपमा भने अहिलेसम्म जानकारी दिएको छैन, तर बेलुका स्वास्थ्य मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङका क्रकमा जानकारी गराउनेछ । अस्पताल भर्ना गरिएकाहरू एकै परिवारका सदस्य रहेका छन् । उनीहरू तीनैजना २८ दिनअघि बेलायतबाट नेपाल आएका थिए । उनीहरूमा कोरोना पोजेटिभ देखिएसँगै प्रहरीले सो क्षेत्रलाई सील गरेको छ । यस घटनापछि सो अपार्टमेन्टमा बस्दै आएका झण्डै ४०० पारिवार त्रासमा रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes