खाँदबारी अस्पतालमा पनि सुरु भयो ¥यापिड टेस्ट - Pahilo Online

खाँदबारी अस्पतालमा पनि सुरु भयो ¥यापिड टेस्ट

writer

संखुवासभा । संखुवासभाको जिल्ला अस्पताल खाँदबारीर्मा यापिड डाइनोष्टिक टेस्ट सुरु भएको छ। कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि प्रदेश १ सरकारले सुरूवात गरेर्को यापिड डाइनोष्टिक टेस्ट जिल्ला अस्पतालमा सुरु भएको हो। प्रदेशको समाजिक विकास मन्त्रालयले पहाडी जिल्लामा संखुवासभा, धनकुटा, तेह्रथुम,भोजपुर र पाँचथरर्मा यापिड डाइनोष्टिक टेस्ट पठाएको सामाजिक विकास समिती सभापति सरिता थापा खड्काले जानकारी दिएकी छन्। शनिबारबार्ट यापिड डाइनोष्टिक टेस्ट सुरु गरिएको सभापति खड्काले बताएकी छन्।

दुई साता अघि भारतबाट आएका पुरुष चैनपुर नगरपालिकाको क्वारेन्टाइनमा छन्। क्वारेन्टाइनमा राखिएका ती पुरुषबाट पहिर्लो यापिड डाइनोष्टिक टेस्टको सुरुवात गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रवक्ता रोशन श्रेष्ठले जानकारी दिए। क्वारेन्टाइन राखिएका व्यक्ति र विदेशबाट आएको शंकास्पद ब्यक्तिर्को यापिड डाइनोष्टिक टेस्ट गरिने प्रवक्ता श्रेष्ठले बताए। क्वारेन्टाइनमा राखिएका पुरुषको रगत परीक्षण गर्दा नेगेटिभ नै भेटिएको स्वास्थ्य कार्यालय प्रमुख रमेश बाह्रकोटीले बताए। अहिलेसम्म एक जनाको मात्र्र यापिड डाइनोष्टिक टेस्ट प्रमुख बाह्रकोटीको भनाइ छ। प्रदेश सकारले १६० किट उपलब्ध गराएको थियो। सो किटले १५ मिनेटबाट रिजल्ट देखाउने प्रमुख बाह्रकोटीले बताए। शनिबार चैनपुर नगरपालिका ६ बाट टेस्ट सुरू भएको हो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes