भोजपुरमा लकडाउन उल्लंघन गर्ने ४३ जनालाई दुई घन्टा उभ्याइयो - Pahilo Online

भोजपुरमा लकडाउन उल्लंघन गर्ने ४३ जनालाई दुई घन्टा उभ्याइयो

writer

भोजपुर । लक डाउन उल्लंघन गरी सडकमा जथाभावी हिँड्नेलाई भोजपुर प्रहरीले कारवाही थालेको छ। प्रहरीले आइतबार ४३ जनालाई नियन्त्रणमा लिएर दुई घण्टा उभ्याएर कोरोनासम्बन्धी सचेतना दिएर छाडेको छ। कारवाहीमा पर्नेमा ३३ जना पुरुष र १० महिला रहेका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। उनीहरुलाई कार्यालयल परिसरमा ल्याएर कारबाही गरेर छाडिएको हो ।

लकडाउन उल्लंघन गर्दै अत्याआवश्यक कामबाहेक घर बाहिर निस्केकाहरुलाई सदरमुकामका विभिन्न चोकबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिए । उनीहरुलाई कोरानाले विश्वसँगै नेपालमा पारेको प्रभाव र सामाजिक दूरीका विषयमा जानकारी दिएर छाडिएको उनले बताए । जिल्लामा पछिल्लो केही दिनदेखि लकडाउन उल्लंघन गर्ने को संख्या बढ्न थालेपछि प्रहरीले कडाइ गर्न थालेको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes