कोरोना रोकथामका लागि १ नं प्रदेश सरकारद्वारा स्थानीय तहलाई साढे नौ करोड बजेट - Pahilo Online

कोरोना रोकथामका लागि १ नं प्रदेश सरकारद्वारा स्थानीय तहलाई साढे नौ करोड बजेट

writer

विराटनगर । प्रदेश १ सरकारले कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन, रोकथाम, नियन्त्रण, उपचार र राहत वितरणका लागि स्थानीय तहलाई ९ करोड ५० लाख बजेट प्रदान गर्ने घोषणा गरेको छ ।

मुख्यमन्त्री शेरधन राईले नयाँ वर्षको उपलक्ष्यमा प्रदेशवासीलाई शुभकामना दिँदै यस प्रदेशका १ सय ३७ वटै स्थानीय तहमा बजेट उपलब्ध गराउने घोषणा गरेका छन्। महानगरपालिकालाई २० लाख, उपमहानगरपालिकालाई १५ लाख, नगरपालिकालाई १० लाख र गाउँपालिकालाई ५ लाखको दरले बजेट उपलब्ध गराउने घोषणा गरेका हुन्।

जिल्लामा कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन, रोकथाम, नियन्त्रण र उपचार कार्यमा स्थानीय तह र स्थानीय प्रशासनसँग समन्वय र अनुगमनलगायतको भूमिका निर्वाह गर्न १४ वटै जिल्ला समन्वय समितिलाई ५, ५ लाखका दरले कुल ७० लाख रुपैयाँ बजेट उपलब्ध गराउने राईले घोषणा गरेका छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes