ओखलढुङगा । ओखलढुङगा खिजिदेम्बा ३ चण्डेश्वरी बस्ने ५२ बर्षीया अलोकमाया सुनुवारको लडेर मृत्यु भएको छ । आज बिहान साढे १० बजे चण्डेश्वरी स्थित गोरेटो बाटोमा हिडिरहेको अवस्थामा एक्कासी ५० मिटर तल खसी ढुंगामा ठोकिन पुग्दा अलोकमायाको घटनास्थलमै मृत भएको स्थानीयले प्रहरीमा जानकारी गराएका हुन ।
घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई कानुनी कारबाही तथा घटना सम्बन्धमा अनुसन्धान भईरहेको रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।