ढुङगाले लागेर भारतीय कामदारको मृत्यु - Pahilo Online

ढुङगाले लागेर भारतीय कामदारको मृत्यु

writer

पाँचथर । पाँचथरको तुम्मेवा गाउँपालिका ५ हाङबुङमा निर्माणाधिन अवस्थामा रहेको पुलमा काम गर्दै आएका एक कामदारको ढुङगाले लागेर मृत्यु भएको छ । भारतको सिपोल जिल्ला शंकरापुर गाउँ पञ्चायत घर भई उक्त स्थानमा काम गर्दै आएका २४ बर्षीय नजिबुल महोमदको ढुङगाले लागेर मृत्यु भएको हो । दिनभरको काम सकेर खोला नजिकै टेन्ट टाँगेर सुतिरहेको अबस्थामा आज बिहान करिव ३ बजेको समयमा भिर माथीबाट एक्कासी ढुङगा झरेर लाग्दा निजको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय रवि पाँचथरबाट प्रहरी टोली खटी गई कानूनी प्रकृया तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes