धरानका सडकमा रहेकालाई सामूहिक आवास गृहमा राखिने तयारी - Pahilo Online

धरानका सडकमा रहेकालाई सामूहिक आवास गृहमा राखिने तयारी

writer

धरान । लकडाउनका बेला धरान उपमहानगरका सडकमा बस्दै आएकाहरूलाई उपमहानगरले सामूहिक आवास बनाएर राख्ने भएको छ। स्थानीय सामुदायिक वनहरूको सभा हलमा तत्कालका लागि व्यवस्थित आवास बनाएर उनीहरुलाई राखिने उपमहानगले जनाएको छ। सडकमा बस्दै आएकाहरूले सङ्क्रमण फैलाउन सक्ने धरानका सुरक्षाकर्मीहरुले सुझाव दिएका थिए। सुरक्षामा खटिँदा सडकमा बस्नेहरूलाई प्रहरीहरूले व्यवस्थापन गर्न नसकेपछि उपमहानगरले सामूहिक आवास बनाएर राख्ने भएको हो।

बिहीबार प्रमुख जिल्ला अधिकारी राजेश पौडेलसहितको बैठकले सडकमा अवस्थित रूपमा रहेका मानिसहरूलाई धरान ८ स्थित लांघाली सामुदायिक वनको आवास गृहमा राख्ने निर्णय गरेको हो। उपमहानगरले खाने र बस्ने व्यवस्थापन गर्ने तथा प्रहरीले सुरक्षा दिने पनि निर्णय भएको छ। उनीहरूलाई लकडाउन अवधिपछि पनि आवश्यक व्यवस्थापन गरिने मेयर तिलक राईले जानकारी दिए।

धरानको मारवाडी सेवा समितिले आवास गृहमा बस्नेहरूलाई प्रतिगोटा पोसाक, तन्ना, ब्लाङकेट, तकिया सहयोग गर्ने भएको छ। धरानमा करिब ५० जनाको सङ्ख्यामा सडकमा मानिसहरू रहेको तथ्यांक छ। उनीहरुलाई पछि आफन्तको जिम्मा लगाइनेछ। आफन्त नभएकाहरूलाई प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर आवास गृह भएको ठाउँमा र्पुयाइने मेयर राईले जानकारी दिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes