बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा ज्ञानेन्द्र गिरी नियुक्त - Pahilo Online

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा ज्ञानेन्द्र गिरी नियुक्त

writer

सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा. डा. ज्ञानेन्द्र गिरी नियुक्त भएका छन् । प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको सिफारिसमा कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीलाई प्रतिष्ठानको उपकुलपतिमा नियक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

‘सरकारले प्रा.डा. ज्ञानेन्द्र गिरीलाई वीपी प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको हो’ प्रेस सल्लाहकार थापाले भने । गत असार २६ गते उपकुलपति प्रा डा राजकुमार रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ लाख रुपैयाकक घूस लिएको आरोपमा रंगेहात पक्राउ गरेपछि प्रतिष्ठानमा उपकुलपति पद रिक्त थियो। सरकारले असार ३० गते शिक्षाध्यक्ष प्रा डा गुरु खनाललाई कामचलाउ उपकुलपतिको जिम्मेवारी दिएको थियो।

प्रतिष्ठानको उपकुलपति पदमा सरकारले मागेको खुल्ला आवेदनमा १६ जनाले अवधारणासहित दाबी पेस गरेका थिए। स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकालको संयोजकत्वमा गठित उपकुलपति सिफारिस समितिले गिरीसहित प्रतिष्ठानका कार्यवाहक उपकुलपति खनाल र प्रतिष्ठानकै मेडिसिन विभागका प्रमुख प्रा डा संजीव शर्माको नाम तीन महिनाअघि सिफारिस गरेको थियो।

नवनियुक्त उपकुलपति गिरी मुटुरोग विषेशज्ञ हुन्। गिरीले भारतको एम्स र अमेरिकाको कोलोराडो युनिभर्सिटी हेल्थ साइन्सबाट मुटुरोगमा विषेशज्ञता हासिल गरेका छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes