पथरी शनिश्चरेको ५, ६ र १० नम्वर वडामा राहत वितरण - Pahilo Online

पथरी शनिश्चरेको ५, ६ र १० नम्वर वडामा राहत वितरण

writer

पथरी शनिश्चरे । कोरोना भाइरसको संक्रमण रोक्न गरिएको बन्द (लकडाउन) का कारण बढी समस्यामा परेका दैनिक ज्यालामजदुरी गर्नेका लागि मोरङको पथरी शनिश्चरे नगरपालिकाले आज वडा नम्वर ५, ६ र १० मा खाद्यान्न राहत वितरण गरेको छ । स्वास्थ्य सतर्कताका साथ दुरी कायम गरी सवैको हातमा सेनिटाइजर लगाइदिएर ‘कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समिति’, राहत व्यवस्थापन तथा वितरण समिति र वडास्तरीय समिति मार्फत राहत वितरण गरिएको हो ।

वडा नम्वर ५ मा ५ सय ५९, ६ मा ५ सय ६९ र १० मा ५ सय ८२ जनालाई राहत वितरण गरिएको हो । २ जनासम्मको परिवारलाई प्रति परिवार १२ केजी चामल, २ भन्दा बढी सदस्य रहेका परिवारलाई २५ केजी चामल तथा सवैका लागि प्रति परिवार २ केजी दाल, १ केजी नून, १ लिटर खानेतेल र २ वटा साबुन राहतका रुपमा वितरण भएको छ ।

कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिका सदस्य तथा राहत व्यवस्थापन तथा वितरण समिति संयोजक नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा राहत वितरण भएको छ । जसमा समन्वय समितिका सदस्य दीपक वस्नेत, राहत व्यवस्थापन तथा वितरण समिति सदस्यहरु २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं, ८ नम्वर वडाध्यक्ष बाबुराम दहाल, ६ नम्वर वडाध्यक्ष जयबहादुर तामाङका साथै ५ नम्वर वडाध्यक्ष जोगबहादुर धिमाल, १० नम्वर वडाध्यक्ष सागर राई, राजनीतिकर्मी चन्द्रकुमार राई, दुर्गाप्रसाद भट्टराई, वडा सदस्य, वडास्तरीय राहत वितरण समितिका सदस्य, कर्मचारी, समाजसेवी, युवा सहितको सहभागिता रहेको थियो ।

अव, वाँकी रहेको १ नम्बर वडामा राहत वितरण गरिने राहत वितरण तथा व्यवस्थापन समिति संयोजक एवम् नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले जनाउनु भयो । उहाँले विभिन्न व्यक्ति तथा संघ संस्थाले समेत प्रदान गरेको नगद तथा खाद्यान्न र नगरको विपद व्यवस्थापन कोष अन्तर्गतबाट एकद्वार प्रणालीमा राहत वितरण गरिएको हो । यस अघि वडा नम्वर २ मा ४ सय ३०, ३ मा २ सय २३, ४ मा २ सय ९६ र ७ मा १ सय ४७, ८ मा २ सय २२ र ९ मा १ सय ८६ घर परिवारलाई राहत वितरण गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes