अरुण तेस्रोको काम नयाँ कामदार नथप्ने सम्झौता गरी सुचारु - Pahilo Online

अरुण तेस्रोको काम नयाँ कामदार नथप्ने सम्झौता गरी सुचारु

writer

संखुवासभा । संखुवासभामा जिल्लाको दुई गाउँपालिका चिचिला र मकालुमा निर्माणाधीन ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम लकडाउनकै बीच सुरु गरिएको छ । लकडाउनका कारण रोकिएका ठूला आयोजनालाई सरकारले काम गर्न अनुमति दिएकाले नयाँ कामदार नथप्ने समझदारीपछि आयोजनाको काम सुरु भएको हो। अरुण तेस्रो आयोजनामा सुरक्षा सतर्कता र नयाँ कामदार नथप्ने समजदारीपछि आयोजनाको काम सुरु भएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए। आयोजनाको काम सुरुचारु गर्ने सहमतिपछि निर्माण कार्य अघि बढेको प्रजिअ दुलालले बताए।

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनले काम प्रभावित भएको थियो। आयोजनाको काममा कुनै पनि कामदार नथप्ने र निर्माणस्थलमा भएका कामदारलाई परिचालन गरेर अरुण तेस्रोले काम सुरु भएको कम्पनीका कार्यकारी निर्देशक अरुन धिमानले जानकारी दिए। आयोजनामा कार्यरत अधिकांश मजदुर बाहिरी जिल्ला र भारतीय भएका कारण घर फर्किन सम्भव नभएकाले काम थालिएको आयोजना प्रमुख धिमानले बताए।भारतीय निर्माण कम्पनी सतलजले ९ सय सय मेगावटको जलविद्यत् आयोजनाको निर्माणको काम गरिरहेको छ।

सरकारले ठूला आयोजनाको काम गर्न दिने बाटो खोलेपछि क्याम्पमा रहेका कामदारबाट काम सुरु गरिएको सतजल कम्पनीले जनाएको छ। अरुण तेस्रो आयोजना स्थलमा रहेको करिब १ हजार ५ सय कामदारले काम गर्न सुरु गरेका आयोजनाले जनाएको छ। यसअघि आयोजनामा ३ हजारभन्दा बढी कामदार रहे पनि कोरोना त्रासले धेरैजसो कामदार घर गएको निर्माण कम्पनीले जनाएको छ। आयोजनामा अधिकांश कामदार भारतीय छन्। कारोनाभाइरस (कोभिड–१९) संक्रमण त्रासले देशै ठप्प भएपछि श्रमिक र निर्माण सामग्री अभावका कारण अरुण तेस्रोको काम रोकिएको थियो।

आयोजनाले उपलब्ध निर्माण सामग्री अनुसारका काम सुरु गर्न कामदार परिचालन गरिसकेको धिमानले बताए। आयोजना निर्माणमा परिचालन हुने कामदारको स्वास्थ्य सुरक्षालाई प्राथामिकता दिदै काम थालिएको कम्पनीको कार्यालय तुम्लिङटारले जनाएको छ। अरुण तेस्रोको पावर हाउस दिदिङ र ड्यामसाइडलगायत विभिन्न सुरुङमा ब्लास्टिङको काम सुचारु भएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes