रगत अभाव कम गर्न पथरीमा युवा संघद्वारा रक्तदान - Pahilo Online

रगत अभाव कम गर्न पथरीमा युवा संघद्वारा रक्तदान

writer

पहिलो अनलाइन

पथरी । लकडाउनको करण रगत अभाव भएको बेला नेकपा सम्बद्द युवा संगठन राष्ट्रिय युवा संघ नेपाल मोरङको पथरी शनिश्चरे नगर समितिले रक्तदान कार्यक्रम गरेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञन प्रतिष्ठानको सहकार्यमा आज (चैत्र २५) भएको कार्यक्रममा ६३ पाउन रगत संकलन भएको संघको जिल्ला सदस्य मनि लिम्बूले बताए ।

कार्यक्रममा संघको केन्द्रीय सदस्य बिजय डागी, जिल्ला सदस्य मनि लिम्बू, नगर संयोजक सुमन वनेम, सहसंयोजक नवीनजंङ कार्की, पथरी उध्योग वाणिज्य संघको अध्यक्ष दीपक बस्नेत लगायतले रगत दिएका थिए । कार्यक्रमको अन्तमा सामाजिक ब्यक्तित्व युवराज बास्कोटाले आयोजक सस्था र नेतृत्वलाई धन्यवाद दिएका थिए ।

कोरोनाभाइरस नियन्त्रण गर्न सरकारले लामो समयदेखि लकडाउन भएपछि रगत अभाव भएको छ । उक्त अभाव पुर्ती गर्न सहयोग पुर्‍याउने उदेश्यले संघले रक्तदान कार्यक्रम गरेको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes