सामुदायिक वनद्वारा कोरोना विपद कोषमा सहयोग - Pahilo Online

सामुदायिक वनद्वारा कोरोना विपद कोषमा सहयोग

writer

पहिलो अनलाइन

लेटाङ–४ स्थित जनसेवा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरु लेटाङ नगरप्रमुख शंशर राईलाई राहत सामग्री हस्तान्तरण गर्दै ।

लेटाङ । कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको बन्द (लकडाउन) का कारण बढी समस्यामा परेका दैनिक ज्यालामजदुरी गर्नेका लागि पूर्वोत्तर मोरङका सामुदायिक वन उपभोक्ता समूहहरुले खाद्यान्न तथा नगद सहयोग गरेका छन् ।

यस क्रममा लेटाङ–४ स्थित जनसेवा सामुदायिक वन उपभोक्ता समूहले १ हजार किलोग्राम चामल र ४ सय केजी दाल लेटाङ नगरपालीकाको राहात बितरण संयोजक तथा लेटाङ नगरपालीकाका मेयर शंकर राईलाई हस्तान्तरण गररेको छ । वन समूहका अध्यक्ष दिलाराम राई, उपाध्यक्ष गोविन्दहरी श्रेष्ठ, सचिव भिष्म श्रेष्ठलगायतले १ लाख बराबरको खाद्यान्न नगर प्रमुख राईलाई राहत हस्तान्तरण गरिएको हो । वन समूहले विपन्न वर्गका उपभोक्ताहरुलाई उपचार खर्च, अन्य आर्थिक सहयोगलगायत सामाजिक काम गर्दै आएको छ ।

लेटाङ–३ स्थित नमुना सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष गोपाल शर्मा नगरप्रमुख राईलाई चेक हस्तान्तरण गर्दै ।

यसैगरी, लेटाङ–३ स्थित नमुना सामुदायिक वन उपभोक्ता समुहले लेटाङ नगरपालिकाले स्थापना गरेको नगर स्तरिय राहत कोषमा १ लाख १४ हजार ७ सय ११ रुपैयां रकम जम्मा गरेको छ । उक्त सामुदायिक वनका अध्यक्ष गोपाल चौलागाँईले लेटाङ नगरपालिकाका प्रमुख शंकर राईलाई चेक हस्तान्तरण गरेका हुन् ।

पथरी शनिश्चरे १० को भुल्के पशुपति सामुदायिक वनका पदाधिकारीहरु खाद्यान्न सामग्री वडा स्तरीय राहत व्यवस्थापन समितिकी सह–संयोजक मैना फुयललाई हस्तान्तरण गर्दै ।

यस्तै, पथरी शनिश्चरे १० को भुल्के पशुपति सामुदायिक वनले राहतका लागि खाद्यान्न उपलब्ध गराएको छ । सो वनले १० नम्बर वडा कार्यालयलाई खाद्यान्न सामग्री उपलब्ध गराएको हो ।

सरकारले राहत वितरणमा एकद्वार प्रणाली कायम गरेकाले वडा मार्फत् वितरणका लागि सो सामग्री वडालाई हस्तान्तरण गरेको वन समूहका अध्यक्ष पदम पाख्रीनले बताए ।

भुल्के पशुपति सामुदायिक वन उपभोक्ता समूहले पचास हजार रुपैयां बराबरको राहत सामग्री वडामा गठित राहत व्यवस्थापन समितीलाई हस्तान्तरण गरेको हो ।

वन समूहका अध्यक्ष पदम पाख्रिन र सचिव अनिता (अनु) राईको उपस्तिथिमा राहत समिति सह–सम्योजक तथा वडा सदस्य मैना आचार्यलाई हस्तान्तरण गरिएको छ । पथरी शनिश्चरे वडा नम्बर १० का बिपन्न परिवारलाई लक्षित गरेर कुल चामल छ सय पच्चहत्तर केजी, दाल पचास केजी, तेल सय पोका, नुन पचास पोका र हात धुने साबुन एक सय थान उपलब्ध गराइएको सचिव अनु राईले जानकारी दिइन् ।सोही वडाको पशुपती सामुदायिक बनले पनी नगरको राहत कोशमा दश हजार रुपैयाँ जम्मा गरेको अध्यक्ष ईश्वर चौहानले जानकारी दिए ।

लाटिझोडा साझेदारी वन व्यवस्थापन समूहका पदाधिकारीहरु केराबारी गाउंपालिकाका अध्यक्ष रोहितकुमार कार्कीलाई चेक हस्तान्तरण गर्दै ।

उता लाटिझोडा साझेदारी वन व्यवस्थापन समूहले आफ्नो कार्यक्षेत्रभित्रका स्थानिय तहहरुलाई कोरोना विषेश कोषमा नगद सहयोग गरेको छ । साझेदारी वन समूहले केराबारी गाउंपालिका, सुन्दरहरैंचा नगरपालिका र बुढिगंगा गाउंपालिकालाई रकम सहयोग गरेको हो ।
लाटिझोडा साझेदारीले सुन्दरहरैंचा नगरपालिकालाई २ लाख ५० हजार, केराबारी गाउंपालिकालाई ५० हजार र बुढीगंगा गाउंपालिकालाई २ लाख रुपैयां कोरोना विषेश कोषमा सहयोग गरेको संयोजक रुद्रप्रसाद पोखरेलले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes