पथरीशनिश्चरे वडा नं. ७ मा राहत वितरण - Pahilo Online

पथरीशनिश्चरे वडा नं. ७ मा राहत वितरण

writer

पहिलो अनलाइन

शनिश्चरे । कोरोना भाइरसको संक्रमण रोक्न गरिएको बन्द (लकडाउन) का कारण बढी समस्यामा परेका दैनिक ज्यालामजदुरी गर्नेका लागि मोरङको पथरी शनिश्चरे ७ मा आज (सोमबार) खाद्यान्न राहत वितरण गरिएको छ ।


स्वास्थ्य सतर्कताका साथ दुरी कायम गरेर सवैलाई साबुनपानीले हात धुन लगाएर सेनिटाइजरको प्रयोग गरी ‘कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समिति’, राहत व्यवस्थापन तथा वितरण समिति र वडास्तरीय समिति मार्फत राहत वितरण गरिएको हो ।

वडा नम्बर ७ मा १ सय ४७ जनालाई राहत वितरण गरिएको समितिले जनाएको छ । वडाध्यक्ष कपिलमणि ढकालको अगुवाईमा वडा सदस्यहरु, वडाका कर्मचारी, वडा स्तरीय राहत व्यवस्थापन एवं वितरण समिति, सुरक्षाकर्मी, स्वयंसेवक र राजनीतिक दलको उपस्थितिमा वडाका तीन स्थानमा राहत वितरण गरिएको हो ।


जसमा लामाटोलस्थित दुर्गा मावि, किरातचोकस्थित चन्द्रकिरातेश्वर मावि र किर्तिपुरस्थित बालकल्याण माविमा राहत वितरण गरिएको हो ।
२ जनासम्मको परिवारलाई प्रति परिवार १२ केजी चामल, २ भन्दा माथिको सदस्य रहेका परिवारलाई २५ केजी चामल तथा सवैका लागि प्रति परिवार २ केजी दाल, १ केजी नून, १ लिटर खानेतेल र २ वटा साबुन राहतका रुपमा वितरण भएको छ ।
कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिका संयोजक नगर प्रमुख दिलीपकुमार राई, राहत व्यवस्थापन तथा वितरण समिति संयोजक नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा राहत वितरण भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes