वडा नं. ४ मा २९६ परिवारलाई राहत वितरण - Pahilo Online

वडा नं. ४ मा २९६ परिवारलाई राहत वितरण

writer

पहिलो अनलाइन

शनिश्चरे । पथरी शनिश्चरे वडा नं. ४ मा २९६ विपन्न ज्यालादारी मजदुर परिवारलाई आज (सोमबार) राहत वितरण गरिएको छ । चार नं. वडा कार्यालयको अगुवाईमा बन्द (लकडाउन) का कारण बढी समस्यामा परेका अति विपन्न दैनिक ज्यालामजदुरी गर्नेलाई खाद्यान्न राहत वितरण गरिएको हो ।


स्वास्थ्य सतर्कताका साथ दुरी कायम गरेर सवैलाई साबुनपानीले हात धुन लगाएर सेनिटाइजरको प्रयोग गरी ‘कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समिति’, राहत व्यवस्थापन तथा वितरण समिति र वडास्तरीय समिति मार्फत राहत वितरण गरिएको हो ।
प्रत्येक टोलबाट दैनिक ज्यालादारी गर्ने मजदुरको पहिचान गरी नगरपालिकाबाट प्राप्त चामल सहितका खाद्यान्न राहत सामग्री वडा समिति र वडास्तरीय राहत व्यवस्थापन तथा वितरण समिति, वडाका कर्मचारी, स्वयंसेवकको सहभागितामा वितरण भएको वडाध्यक्ष भण्डारीले जानकारी दिए ।


२ जनासम्मको परिवारलाई प्रति परिवार १२ केजी चामल, २ भन्दा माथिको सदस्य रहेका परिवारलाई २५ केजी चामल तथा सवैका लागि प्रति परिवार २ केजी दाल, १ केजी नून, १ लिटर खानेतेल र २ वटा साबुन राहतका रुपमा वितरण भएको छ ।

वडाध्यक्ष भण्डारीका अनुसार वडाका चार स्थानबाट राहत वितरण गरिएको थियो । भागिरथ मावि, जनकल्याण आधारभुत विद्यालय, सरस्वती आधारभुत विद्यालय र कुशलचोकलाई केन्द्र तोकी राहत वितरण गरिएको हो । सबै वितरण केन्द्रहरुमा पायक पर्ने वडा सदस्यहरुले राहत वितरण समितिका सदस्य, सल्लाहकार र स्वयंसेवकको सहयोगमा राहत वितरण गरिएको वडा सचिव ललिता लावतीले जानकारी दिइन् । जसमा भागिरथ माविमा वडा सदस्य अम्बरबहादुर बराईलीको नेतृत्वमा, जनकल्याण आ.वि.मा तुलसादेवी दर्जीको नेतृत्वमा, सरस्वती आविमा दिलु मगर र कुशल चोक वितरण केन्द्रमा खड्ग सुस्लिङको नेतृत्वमा राहत वितरण गरिएको हो ।


कुशलचोक वितरण केन्द्रमा सभासद लालबहादुर सुस्लिङ मगरको सहभागितामा राहत वितरण गरिएको थियो । वितरण केन्द्रहरुमा वडास्तरीय राहत व्यवस्थापन तथा वितरण समितिका सदस्य रामप्रसाद न्यौपाने, सल्लाहकारहरु ध्रुबकुमार बराईली, गंगा साँबा, युवा स्वयं सेवक राजकुमार विश्वकर्मा, नारायण दाहाल, रविन मगरलगायतले सक्रिय सहभागिता जनाएका थिए ।


विहान ११ बजेदखि राहत वितरण गर्ने भनिएपनि प्राविधिक कारणले अपरान्ह ३ बजेबाट साँझ ५ बजेसम्ममा सम्पन्न गरिएको थियो । राहत पूर्ण सावधानीका साथ भीडभाड नगरी सामाजिक दुरी कायम गरेर वितरण गरिएको थियो ।
विभिन्न व्यक्ति तथा संघ संस्थाले समेत प्रदान गरेको नगद तथा खाद्यान्न र नगरको विपद व्यवस्थापन कोष अन्तर्गतबाट एकद्वार प्रणालीमा राहत वितरण गरिएको हो ।
वडा नं. २, र ३ नम्वर वडामा पनि राहत वितरण
कोरोना भाइरसको संक्रमण रोक्न गरिएको बन्द (लकडाउन) का कारण बढी समस्यामा परेका दैनिक ज्यालामजदुरी गर्नेका लागि मोरङको पथरी शनिश्चरे नगरपालिकाले आज सोमबार वडा नम्वर २, ३, ४ र ७ मा खाद्यान्न राहत वितरण गरेको छ ।
वडा नम्वर २ मा ४ सय ३०, ३ मा २ सय २३, ७ मा १ सय ४७ जनालाई राहत वितरण गरिएको समितिले जनाएको छ ।
कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिका संयोजक नगर प्रमुख दिलीपकुमार राई, राहत व्यवस्थापन तथा वितरण समिति संयोजक नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा राहत वितरण भएको छ ।


जसमा सम्बन्धित वडाका वडाध्यक्षहरु, वडा सदस्यहरु, स्थानीय राहत व्यवस्थापन एवं वितरण समिति, स्वयं सेवक, राजनीतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
जसमा २ नं. वडाध्यक्ष याम गुरागाई, ३ नं. वडाध्यक्ष डम्बर बहादुर चेम्जोङ, ७ नं. वडाध्यक्ष कपिलमणि ढकालसहित वडा सदस्यहरुको राहत वितरणमा सहभागिता थियो ।

अव, वाँकी रहेका ५, ६, १० र १ नम्बर वडामा राहत वितरण गरिने राहत वितरण तथा व्यवस्थापन समिति संयोजक एवम् नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले जानकारी दिइन् । वडा नम्वर ८ र ९ मा हिजो (आइतबार) वितरण गरिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes