पथरीशनिश्चरे नगरमा निरन्तर खाद्यान्न राहत संकलन हुँदै - Pahilo Online

पथरीशनिश्चरे नगरमा निरन्तर खाद्यान्न राहत संकलन हुँदै

writer

पथरीशनिश्चरे/ कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको बन्द (लकडाउन) का कारण बढी समस्यामा परेका दैनिक ज्यालामजदुरी गर्नेका लागि मोरङको पथरीशनिश्चरे नगर क्षेत्रभित्र खाद्यान्न राहत संकलन हुने क्रम पनि बढेको छ ।
यस क्रममा पछिल्लो पटक नेपाली कांग्रेस ९ नम्वर वडा समितिले ४ सय ५० केजी चामल, , २० लिटर तेल र ८ केजी दाल उपलब्ध गराएको छ । सोही वडाका समाजसेवी भूपाल पाण्डेले १ सय केजी चामल, मनोज खाध स्टोरका प्रोप्राइटर मनोज गुप्ताले २५ केजी चामल र ५० केजी नून र अमृता मगरले नगद ३ हजार उपलब्ध गराएको ९ नम्वरस्थित वडा राहत समितिले जनाएको छ । यस अघि वडा नम्वर ९ मा ७ सय किलोग्राम चामल, ५ लिटर खानेतेल, १० किलो नून वडावासीबाट संकलन भएको वडाध्यक्ष भानुभक्त राईले बताए ।
यसैगरी, आज वडा नम्वर १० स्थित भूल्के पशुपति सामुदायिक वन उपभोक्ता समूहले ५० हजार मुल्य बराबरको खाद्यान्न सामग्री उपलब्ध गराएको छ । समूहका अध्यक्ष पदम पाख्रिन र सचिव अनु राईको अगुवाईमा ६ सय ७५ केजी चामल, ५० केजी दाल, ५० लिटर खानेतेल, ५० केजी नून र १ सय वटा साबुन उपलब्ध गराएको वडास्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समितिकी सहसंयोजक मैनादेवी फूयाँल आचार्यले बताइन ।
यसअघि सोही वडाको ओमसिआर जम्बुलिङ बज्र गुम्बाले १० नम्वर वडा कार्यालयमार्फत २० हजार रुपैयाँ बराबरको खाद्यान्न राहत उपलब्ध गराएको छ ।
कार्यक्रममा, गुम्बाका भवुलसिंह तामाङ, चन्द्र तामाङ सहितले वडाध्यक्ष सागर राईमार्फत वडाको ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ लाई सो राहत हस्तान्तरण गरेका थिए। जसमा, ३ सय किलोग्राम चामल, १,१ केजीका ३० पोका दाल, आधालिटरको ३० पोका तेल, ३० केजी नून र ३० वटा साबुन रहेका छन् ।
यसैगरी, ४ नम्वर वडामा ध्रुवकुमार बराइलीबाट १ सय किलोग्राम चामल, प्रतिज्ञा विश्वास मण्डलीबाट १ सय ५० पोका नून र संयुक्त वडास्तरीय महिला समितिबाट ७५ किलोग्राम चामल, १ काटन तेल हस्तान्तरण भएको छ । ती सामान कोरोना विपद व्यवस्थापन तथा राहत वितरण वडा समितिलाई हस्तान्तरण गरिएको समिति संयोजक एवम् वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes