मुरारी आचार्यलाई रकम फिर्ता गर्न निर्देशन - Pahilo Online

मुरारी आचार्यलाई रकम फिर्ता गर्न निर्देशन

writer

पहिलो अनलाइन

पथरी, मोरङ । कोरानाभाईरस नियन्त्रणको नाममा १० लाख रकम निकालेर गोजिमा बोक्ने मोरङ पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य कर्मचारी मुरारी आचार्यलाई रकम तुरुन्त फिर्ता गर्न निर्देशन दिएका छन । कोरोनाभाइरस नियन्त्रणको नाममा नगरको स्वास्थ्य कर्मचारी मुरारी आचार्यको निबेदनको आधारमा नगरप्रमुख दिलिपकुमार राईको तोक आदेशमा १० लाख रकम निकासा गरि गोजिमा बोकेको बिषय सन्चार माध्यम मार्फत सार्वजनिक भएको थियो ।

कोरोनाभाइरस नियन्त्रणको नाममा कार्यपालिकाको एक जना पनि सदस्यहरुलाई जनकारी नगराइ नगर कोषको १० लाख निकालेर स्वास्थ कर्मचारी मुरारी आचार्यले सार्वजनिक खरिद ऐन बिपरित सामान खरिद गर्ने प्रयास गरेका थिए । सो बिषय सार्बजनिक भएपछी नगरको प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलाले स्वास्थ्यको कर्मचारी मुरारी आचार्यलाई हिजो अपरान्ह (२३ चैत्र) आफ्नै कार्यालयमा बोलाएर रकम नगरको खातामा फिर्ता गर्न निर्देशन गरेको धमलाले बताए ।

पर्याप्त कारण बिन नगरको खाताबाट १० लाख निकालेर आचार्यले आफूसंग राखेका थिए । सो रकम निकाल्न नगर प्रमुख र प्रशासकीय अधिकृत कसैले पनि जानकारीसम्म नदिएको कार्यपालिका सदस्यहरुले बताउदै आएका छन । कोरोनाभाइरस र लकडाउनले मानिसको ध्यान केन्द्रित गरेको बेला कर्मचारी मुरारी आचार्यको गलत योजनामा लागेर नगरप्रमुख दिलिपकुमार राई सामान खरिद गर्न पछिपछी लागेका थिए ।

नगरको रकमबाट सरकारी नियम बिपरित ब्यक्तिगत सपिङ झै मुरारी आचार्यले समान खरिद गरेको बिषय सन्चार माध्यममा समाचार प्रकाशन भएको थियो । भ्रष्ट मनसायले १० लाख रकम निकालेर कर्मचारीसँग राखिएको बिषयमा निरन्तर समाचार प्रकाशन भएपछि प्रशासकीय अधिकृत अम्बिकाप्रशाद धमलाले सो रकम नगरको खातामा फिर्ताको लागि निर्देशन दिन बाध्य भएका हुन । उक्त रकम फिर्ता नगरे जनता आन्दोलनमा उत्रिने दवाब आउन थालेको थियो ।

नगरको स्वास्थ्य कर्मचारी मुरारी आचार्यलाई धमलाको निर्देशनपछि सो रकमबाट खरिद भएको बिल भर्पाई पेश गरेर बाँकी रकम फिर्ता गर्ने निबेदन पेस गरेको बुझिएको छ । खरिद गरेको भनिएको १० वटा बेड, १५ वटा स्थानीय पीपीई (रेनकोट), तन्ना, सिरानीको बजार मूल्य बुझ्ने र त्यो कार्यपालिकाले निर्णय गरेपछि मात्र लेखाले बुझ्ने नगरको लेखा प्रमुख शान्तबहादुर थापाले बताए । स्वास्थ्य कर्मचारी आचार्यले बिल बुझाउदैमा मूल्य अध्यान नगरी पास नहुने लेखा शाखाको भनाइ छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes