‘प्रहरीको साथी म’ पथरीशनिश्चरेका विभिन्न वडामा गठन - Pahilo Online

‘प्रहरीको साथी म’ पथरीशनिश्चरेका विभिन्न वडामा गठन

writer

पहिलो अनलाइन

शनिश्चरे । कोरोना संक्रमण रोकथाम गर्ने उदेश्यले प्रहरी विभागको अभियान अन्तरगत आज (आइतबार) मोरङ्गको पथरी शनिश्चरे नगरपालिकाको विभिन्न वडामा युवा स्वयंसेवक समिति गठन गरिएको छ ।

इलाका प्रहरी कार्यालय पथरीले नगरको वडा नम्बर १,४, ७ र १० मा प्रत्येक वडाका १० जना युवाहरु समेटेर स्वयंसेवक टिम तयार गरेको हो । इप्रका पथरीले क्रमश अन्य वडामा पनि अभियान संचालन गर्ने बताएको छ ।


नेपालमा कोरोनाको संक्रमित संख्या बढिरहेको र स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको क्षेत्रमा देश दोश्रो चरण प्रवेश गरेको जनाइरहदाँ प्रहरीले मात्र कोरोना रोकथाम सम्भव नभएको भन्दै युवाहरुको स्वयं सेवक टिम तयार गरिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरिले बताए ।

सो अभियानमा आवद्ध युवाहरुलाई इलाका प्रहरी कार्यालय पथरीले प्रहरीको साथी म लेखिएको टिसर्ट प्रदान गरेको छ ।
४ नम्बर वडामा स्वयंसेवक टिम चयन कार्यक्रममा बोल्दै वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले वडाका युवा र प्रहरीको साझेदारीमा कोरोना रोकथाममा उच्च सतर्कता अपनाउन सकिने बताए ।

वडा नं. ४ बाट स्वयं सेवक समितिमा युवाहरु राजकुमार विश्वकर्मा, नारायण दाहाल, भरतध्वज खजुम, विरबहादुर कार्की, संदिप महते, रविन मगरलगायत १० जना रहेका छन् ।

यसैगरी आज (आइतबार) नै वडा नं. ७ का वडाध्यक्ष कपिलमणि ढकाल र वडा सदस्यहरुको उपस्थितिमा युवाहरु लिला उप्रेती, भविन रिमाल, महेवा कार्की, मनिष धिमाल, पदम सुब्बा, रोशन गुरुङ, छत्र लिम्बू, प्रदिप ठाकुर, सबु दाहाल र तीर्थबहादुर तामाङ रहेको स्वयंसेवक समिति गठन गरिएको छ ।

प्रहरीको साथी म नाम दिइएको उक्त अभियानमा स्वयं सेवक टिमको समेत सहभागीतामा सचेतना मुलक कार्यक्रम संचालन गरिने बताइएको छ । प्रहरीले सामुदायिक प्रहरी कार्यक्रम अन्तर्गत नै देश भर प्रहरीको साथी म अभियान शुरु गरेको हो ।
प्रहरीको साथी म मा आवद्ध स्वयं सेवक युवाहरुको टिमले स्थानीय प्रहरी र जनप्रतिनिधिसँगको सहकार्यमा विषेश गरि कोरोना रोकथामको क्षेत्रमा काम गर्ने बताइएको छ । कोरोना संक्रमण सकिएपछि भनें सोही युवा टिमलाई अन्य किसिमका प्रकृतिक, मानविय विपत्तिका बेला परिचालन गरिने जनाइएको छ ।

 

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes